ad

कुलमान घिसिङ्गले कावासोतीको विद्युत कार्यालयमा गरे अचानक अनुगमन

595


कावासोती, असोज ३ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार अचानक कावासोतीको विद्युत कार्यालय र शव स्टेशनको अनुगमन गरेका छन् ।

उनी दोस्रो पटक कार्यकारी निर्देशक भए पनि घिसिङ कावासोतीमा पहिलो पटक अनुगमनमा आएका हुन् ।
अुनगमन पछि कावासोतीमा उनले यहाँका कार्यालय प्रमुखहरुसँग पनि छलफल गरेका थिए ।



छलफलमा उने प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको बताए ।

हेटौडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत खपत बढाउन नसकेको बताए ।

‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाडै बनाउन आवश्यक छ’ निर्देशक घिसिङले भने – हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नु पर्यो ।

प्रसारण लाइन निर्माणको क्रममा बिभिन्न अवरोध हुदाँ कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको उनले बताए । प्रसारण लाइनका कारण दैनिक विद्युत खेर गएको तर पाउनुपर्ने उद्योगीहरूले नपाएको उनले बताए ।

 

प्रसारण लाइनको कारण विद्युत खपत बढाउन समस्या भएपछी आफु लगायतको टोली निर्माणका क्रममा रहेका प्रसारण लाइन आयोजनाको निरिक्षणमा निस्किएको उनले बताए ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभिको सिंगल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत पठाउन सकिएको भन्दै निर्माणधिन २२० केभि प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावाट विद्युत बुटवलसम्म पुर्याउन सकिने उनले बताए ।

नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगहरुले विद्युत धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उनले जानकारी गराए ।

बुटवल सहित भैरहवा, साथै नेपालगञ्ज सम्म विद्युत लोड बढाउन आफुहरु लागि परेको निर्देशक घिसिङले बताए । यसका लागि हेटौंडा–भरतपुर –बर्दघाट २२० केभि प्रसारण लाइन चाडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

तामाकोसी परियोजनाबाट अहिले २ सय मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुदाँ भरतपुर देखी पश्चिम जान नसकेको बताउँदै र विद्युत खेरगइरहेको तथा दैनिक करोडौं रुपैयाँ गुमिरहेको निर्देशक घिसिङले बताए ।

उनले विद्युतको खपत बढाउन विद्युतिय सवारी प्रयोगलाई बढाउदै जानुपर्नेमा पनि जोड दिए ।
पेट्रोल भन्दा धेरै सस्तो समेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका बिभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको भन्दै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेशन निर्माण गर्न सकिने बताए ।

 

 

 

विद्युत धेरै खपत उद्योगहरुले गर्ने हुँदा थ्रि फेज लाइन जोड्न कुनै पनि उद्योगीलाई समस्या भए, ढिला सुस्ती भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह समेत गरे । उनले आफु मातहतका कार्यालयहरुलाई उद्योगीहरुलाई विद्युत लाइन दिने काममा सहजिकरण गर्न समेत निर्देशन दिए ।

यसै क्रममा नवलपुरको बोझा पोखरीमा शवस्टेसन निर्माणमा ढिलाई भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । निर्देशक घिसिङले शवस्टेनको चाडै सक्न आफुले पहल गर्ने र बजेटको अभाव हुन नदिने बताए ।

 

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराएकी थिइन् ।

 

प्रसारण लाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन् , जसमध्य १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उनले बताइन् । स्थानीय स्तरबाट प्रसारण लाइन निर्माण हुने समस्या समाधानका लागि आफुहरु लागि रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

हेटौंडा –भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन अन्र्तगत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन् । फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने जनाइएको छ । नवलपुरमा भने दुई वटा टावर निर्माणका क्रममा स्थानीयको अवरोध पछि अहिले यस विषय अदालतमा रहेको छ ।



You might also like
Loading...