ad

नेपालले ओमानलाई ३७ ओभरमा अलआउट गर्यो, जितका लागि पायो १२२ रनको लक्ष्य

21


ओमानमा जारी विश्वकप लिग २ अन्तरगत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रििय क्रिकेटमा नेपालले ओमानलाई ३७ ओभर १ बलमा अलआउट गरेको छ ।

 

टस जितेर पहिले बलिङ गरेको नेपालले ओमानलाई सुरुबाट नै दबावमा राखेको थियो । नेपालका करन केसी र सन्दिप लामिछाने चम्किँदा ओमान १२१ रन बनाएर अल आउट भयो ।

 



नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४ विकेट लिए। शरद भेषावकरले २ विकेट आफ्नो नाममा गरे। ओडिआइ क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन्। ओमानले १४ ओभरमा नै ६ विकेट गुमाइसकेको थियो।

 

८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे। ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे।

 

शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए।

नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो।

 

ओमानका तिन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके। कप्तान जेशन मक्सुदले जोडेको ४१ रन नै ओमानका लागि सर्वाधिक रह्यो। ओपनर जतिन्दर सिंह १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए।



You might also like
Loading...