ad

चीनको सबैभन्दा लामो अन्तरिक्ष मिसन पूरा गरेर अन्तरिक्षयात्रीहरु पृथ्वीमा फिर्ता

32


चीनका तीन अन्तरिक्षयात्री ९० दिनको अन्तरिक्ष मिसन पूरा गरेर शुक्रबार पृथ्वीमा फर्केका छन्।

 

उनीहरुले पृथ्वीबाट ३८० किमीको उचाइमा रहेको चीनको अन्तरिक्ष स्टेशनमा रहेको तियान्हे मोड्युलमा ९० दिन अनुसन्धानमा बिताएका थिए।

 



शेन्झोउ-१२ अन्तरिक्षयानमा ती तिनै जना यात्रीहरु स्पेश स्टेशनबाट पृथ्वीका लागि रवाना भएका थिए।

 

यो सफल मिसन चीनको अन्तरिक्ष क्षेत्रमा कोशेढुंगो सावित भएको बुझिएको छ। नीए हाइशेङ, लिउ बोमिङ तथा टाङ होन्बोले भित्री मंगवलियाको गोबी मरुभूमिमा शुक्रबार नेपाली समयअनुसार राति ११: २० मा पाइला टेकेका थिए। उनहरु गत जुन १७ का दिन गोबी मरुभूमिबाटै अन्तरिक्षका लागि प्रस्थान गरेका थिए।



You might also like
Loading...