गाई काटेको अभियोगमा १० जना पक्राउ





हेटौंडाः आइतबार मकवानपुरको पुर्वि बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् ।

बकैया गाउँपालिकाको वडा नम्बर ११ स्वबिमा गाई काटेको थाहा हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने बर्ष ३८ को जनक बहादुर लो, सोहि स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान, ४८ वर्षीय प्रलाद भक्त न्यासुर, च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन, १६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट ११ जनाको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको हो ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...