ad

मध्यविन्दुका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र

64

गंगा विश्वकर्मा –


चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका विभिन्न ९ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ ।

 



सरकारी स्वास्थ्य संस्था नभएका नगरका ९ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको लागि भौतिक संरचना निर्माण भइरहेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले बताए ।

 

मध्यविन्दु नगरपालिकाको वडा नं. १, ३, ५, ६, ८, ९, ११, १२ र १३ मा अहिले आधारभूत स्वास्थ्य केन्द्र निर्माणधिन अवस्था छ । नगरपालिकाको २, ४, १० र १४ मा स्वास्थ्य चौकी र वडा नं. ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

 

नगरपालिकाले सबै नगरबासीमा स्वास्थ्य सेवाको पहुँचको लागि यस अगाडी नै स्वास्थ्यकर्मीहरुलाई नियुक्ति गरिसकेको छ । उनीहरुले अहिले नगरको विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत रहेको नगरप्रमुख रानाले बताए ।

 

गत आर्थिक बर्षको चैत्र २५ गते ९ महिनामा निर्माण सम्पन्न गर्नेगरी सबै भवन निर्माणको लागि न्यौपाने मल्टिप्रपोज भरतपुरसंग ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर माधव देवकोटाले बताए ।

 

नगरपालिकाले प्रति भवन ४३ लाख २४ हजार आठ सय ९५ रुपैया पाँच पैसा लागतमा ठेक्का सम्झौता आवाह्न गरेकोमा न्यौपाने मल्टिप्रपोजसंग वडा नं. १ को भवन २५ लाख १५ हजार तिन सय ८४ रुपैया ७२ पैसा, वडा नं. ३ को २४ लाख ९७ हजार तिन सय ४३ रुपैया ५४ पैसा, वडा नं. ५ मा २५ लाख ११ हजार दुई सय ९३ रुपैया ८ पैसा, वडा नं. ६ को २४ लाख ९८ हजार एक सय ३५ रुपैया ७७ पैसा, वडा नं. ८ को २५ लाख १० हजार तिन सय ३८ रुपैया ७७ पैसा, वडा नं. ९ को २५ लाख १९ हजार चार सय ३३ रुपैया ८३ पैसा, वडा नं. ११ को लागि २५ लाख १५ हजार तिन सय ८४ रुपैया ७३ पैसा, वडा नं. १२ को २६ लाख ३२ हजार दुई सय ६८ रुपैया ४० पैसा र वडा नं. १३ को भवन २७ लाख २७ हजार एक सय ८८ रुपैया ७४ पैसामा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको देवकोटाले बताए ।



You might also like
Loading...