ad

आजको राशिफल, यी राशिको दिन शुभ

16


मेष

कर्म प्राप्तिको निम्ति लामो दुरीको विदेश यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा सुधार हुँदै जानेछ ।

 



वृष

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । माया प्रेममा नजिक हुन सकिनेछ ।

 

मिथुन

मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ ।

 

कर्कट

अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

 

सिंह

स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिनेछ ।

 

कन्या

यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ ।

 

तुला

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । अध्ययन अध्यापनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

 

वृश्चिक

माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ ।

 

धनु

आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन लाभ हुनेछ ।

 

मकर

उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । दाजुभाइ तथा छिमेकीको साथ नपाइने हुँदा मन खिन्न रहनेछ ।

 

कुम्भ

बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरू हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ ।

 

मीन

पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।



You might also like
Loading...