ad

भारतीय केराका कारण नेपाली केराले बजार पाएनन्

30


दाउन्ने संवाददाता – 

परासी। अबैध रुपमा भारतीय केरा आउने क्रम नरोकिए पछि पश्चिम नवलपरासीका केराले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

 



पछिल्लो करिब पाँच वर्षदेखि पश्चिम नवलपरासीमा किसानहरु व्यवसायिक केरा खेतीतर्फ आकर्षित हँुदै गएको अवश्थामा भारतीय केरा अबैध रुपमा आउने क्रम नरोकिए पछि केरा उत्पादक किसानहरु मर्कामा परेको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताएका छन ।

 

खेतमा केरा तयार भएर दशैतिहारको समयमा बेरा बजारमा पठाउने बेला भएको अवश्थामा भारतीय बजारबाट अबैध रुपमा भारतीय केरा नेपाल भित्रीने क्रम बढे पछि नेपाली केरा उत्पादक किसानहरु मर्कामा परेको केरा ब्यावसायि संघ नवलपरासीका अध्यक्ष यादवले बताए । खुला सिमानाको फाईदा उठाउँदै तस्करहरुले राती रातीको समयमा कम लागतमा उत्पादन भएका भारतीय केराहरु नेपाल भित्राउने गरेको भए पनि नेपाली सुरक्षा निकाय वा सम्बन्धित निकायले नरोक्दा नेपाली किसान मर्कामा परेका छन् ।

 

चार्डवार्डको समयमा नेपाली केरा तयार पारी बजारमा पठाएको भए पनि विचौलियाले भारतीयबाट ल्याएका केरा कम मूल्यमा बजारमा पठाउने गरे पछि नेपाली केराले बजार पाउन नसकेको अध्यक्ष यादवले बताए ।

 

पछिल्लो समय कोरेना महामारीले गर्दा जिल्लामा निषेधाग्य लागु गरिएको समयमा पनि भारतबाट अबैध केरा नेपाल आउने क्रम नरोकिए पछि नेपाली केरा उत्पादक किसानहरु मर्कामा परेको नवलपरासी नर्सहीका किसान सुदामा कोईरीले बताएका छन् ।

 

केही सरकरी अधिकारी एवं केराका विचौलिया व्यापारीको मिलीमोतोमा पछिल्लो समयमा नवलपरासीका केराहरु गण्डकी प्रदेशको पोखरामा प्रवेश रोक लगाईएको थियो भने भारतीय केरा काठमाण्डौ लगि केही विचौलियाको मिलीमोतोमा नेपाली कागजबनाई बजारमा समेत पुर्याउने गरेको केरा किसानहरुले बताएका छन ।

 

नवलपरासीको सुस्ता, प्रतापपुर, सरावल, पालिनन्दन, रामग्राम लगाएतका दक्षिणी भेकका मैदानी भागहरुमा हजारौं हेक्टेयरमा केराको ब्यावसायिक खेती हुदै आएको छ । उखु खेती गर्दै आएका नवलपरासीका किसानहरुलाई चिनी उद्योगहरुले समयमा उखुको भुक्तानी नदिए पछि किसानहरुले उखु खेती छाडेर ब्यावसायिक रुपमा केरा खेती तर्फ आकर्षीत भई रहेको समयमा भारतीय बेराको अवैध आगमन भई नेपाली केराले बजार नपाउने समस्या देखा परे पछि किसानहरु चिन्तीत बनेका छन् ।

 

नवलपरासीको दक्षिणी क्षेत्रमा किसानहरुले पछिल्ला पाच सात वर्ष देखी उखुको उत्पादन छाडेर केराको ब्यावसायिक खेती गर्दै आएका छन । अहिले किसानहरुले लोजिनाई, नन्दन, रावेस्टा नामक प्रजातिका केराहरुको खेती गर्दै आएका छन ।



You might also like
Loading...