ad

प्रतापपुरको १० गाउँ सभा, ७४ करोड बढीको बजेट पास

46


परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको १० आंैं गाउँपालिका सभाले ७४ करोड १७ लाख ४३ हजार ९ सय ५० रुपयाँ विनियोजन गरेको छ ।

गाउँ सभाले आर्थिक वर्ष २०७८÷२०७९ का लागि क्षेत्र गत रुपमा आर्थिका विकास तर्फ ७ करोड ४७ लाख १० हजार र सामाजिक विकास तर्फ ३१ करोड ३० लाख ८३ हजार ५ सय बजेट विनियोजन गरेको छ ।



त्यसैगरी पूर्वाधार तर्फ २२ करोड ७६ लाख ९५ हजार ३ सय ३ रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १ करोड ४२ लाख ८२ हजार १ सय ४७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट सभा अध्यक्ष अन्जु कुमारी चौधरीले प्रस्तुत गरेकी थिइन् ।



You might also like
Loading...