ad

नवलपुरमा ३८ हजार डोज भेरोसेल खोप, ४५ वर्ष माथिकालाई खोप लगाईने

38


नवलपुर । नवलपरासी(पूर्व)मा थप ३८ हजार डोज भेरोसेल खोप आउने भएको छ ।

 

स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ३८ हजार डोज खोप नवलपुर आउन लागेको हो ।



३८ हजार डोज खोप मध्ये १५ हजार डोज जिल्लाका सवै स्थानीय तहहरुलाई जनसंख्याको आधारमा पहिलो मात्रा स्वरुप पठाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

त्यसैगरी बाँकी १५ हजार डोज दोस्रो मात्रा स्वरुप राखिने छ ।

३८ हजार डोज मध्ये १० हजार डोज विगतमा भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका नागरिकहरुलाई उपलव्ध गराईने भएको छ ।

 

कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले असोजको ९ ,१० गते भित्र सबै पालिकाहरुमा ४५ वर्ष उमेर समूह माथिकालाई खोप लगाउने तयारी भएको बताए ।



You might also like
Loading...