ad

टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको भेटियो शव

170


तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव फेला परेको छ।

 

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्।

 



१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

 

सेती नदी किनारमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको शव आफन्तले पहिचान गरेका छन्।

 

‘शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ’, प्रनाउ तिमिल्सिनाले भने।

 

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरूसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन्। त्यसक्रममा साथीहरूले उनको भिडिओ खिचेका थिए।

 

‘पवित्रा नजा नजा’ भनेको भिडिओ सार्वजनिक भएको थियो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



You might also like
Loading...