गैडाकोटमा अचानक दुई बच्चाको निधन





नवलपुर । पूर्वी नवलपरासीमा राति अचानक दुई जना बच्चाको निधन भएको छ ।

 

अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गैडाकोट १४ अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ बर्षीय छोरी सृष्टी सापकोटाको सुतिरहेकै अवस्थामा निधन भएको छ ।


राति आमासँगै सुतेकी बालिका विहान अबेरसम्म नउठेपछि आमा गई उठाउँदा बालिका मृत अवस्थामा भेटिएको हो ।

प्रहरीले घटना स्थल सुरक्षित राखी अनुसन्धान थालेको छ । बालिकाको शब भरतपुर अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको गैडाकोट प्रहरीले जनाएको छ ।

त्यसैगरी गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ को आयुष बि.क. को पनि निधन भएको छ ।

खाना खाई सुतेका बालकले राति अचानक पेट दुखेर विरामी भएपछि उपचारका लागि पश्चिम क्षेत्री अस्पताल पोखरा लगिएकोमा उनको उपचारकै क्रममा राति नै निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

बालकको शब आफन्तले बुझेका छन् । दुवैको मृत्युको कारण खुलेको छैन ।




सम्बन्धित
Loading...