ad

कोल्हुवामा सहयात्री कप फुटबल प्रतियोगिता, नवलपुर, चितवन र बुटवलका गरी ३० टिमको सहभागी

79


शालीकराम भट्टराई –
कोल्हुवा (नवलपुर) । नवलपुरको मध्यबिन्दु ३ ब्रम्हस्थानमा रहेको ब्रम्हदिप सहयात्री क्लबको आयोजनामा हुन लागेको प्रथम सहयात्री कप खुल्ला नकआउट फुटबल प्रतीयोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

 

हिन्दुहरुको महान पर्ब बिजयादशमीको अबसरमा आयोजना यही असोज १० गते (भोली) आइतबारदेखि आयोजना गर्न लागीएको प्रतीयोगीतामा टिम दर्ता, फुटबल मैदानको मर्मत सम्भार, स्वयमसेवक, रेफ्री लगायतका आवश्यक जनशक्तीको छनौट लगयतका सम्पूर्ण तयारी पुरा भएको ब्रम्हदिप सहयात्री क्लबका अध्यक्ष भानुभक्त पौडेलले जानकारी दिनुभयो ।

 



संकटापन्न अवस्थामा रहेका घडियाल गोही, एक सिङे गैंडाको संरक्षणमा टेवा पुर्याउने उदेश्यले प्रतीयोगीताको आयोजना गर्न लागीएको क्लबका सचिब मित्रलाल शर्माले जानकारी दिनुभयो ।

 

प्रतियोगीतामा बिजेताले चालिस हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले २० हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल सम्योजक लब पौडेलले जानकारी दिनुभयो ।

 

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्तालाई नगद प्रदान गरीने सम्योजक पौडेलले बताउनुभयो प्रतियोगीतामा नवलपुर, चितवन र बुटवलका गरी ३० टिमको सहभागीता रहने छ ।



You might also like
Loading...