युटुबरलाई निगरानी बढाउने प्रेस काउन्सिलको तयारी





नवलपुर । ९ असोज ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कावासोतीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

 




आज महासंघ कार्यालयमा शाखाले पत्रकार आचार संहिता सम्बन्धि सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

 

शाखा अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा रहेको थियो ।

 

काउन्सिल अध्यक्ष बस्नेतले अहिले सामाजिक सञ्जालको गलत प्रयोगका कारण आम रुपमा मूलधारका सञ्चार माध्यम र मूलधारमा रहेर लेख्ने पत्रकारहरुलाई समेत हेर्ने नजरमा बदलाव आएको बताउँदै काउन्सिलले आचार संहिता पालनालाई कडाईका रुपमा ल्याउने तयारी गरेको बताउनुभयो ।

 

बिशेष गरी युट्युवलाई जसरी अनलाईनलाई प्रेस काउन्सिलले नियमन गर्ने गर्दछ त्यसै गरी आचार संहिताको परिधिभित्र ल्याएर सूचिकरणको दायरा ल्याउन लागिएको बताउनुभयो ।

 

वहाँले जनतालाई सही सत्य र बिश्वसनीय सूचना प्रवाह गर्ने धर्म पनि पत्रकारको भएकाले आचार संहिताका बारेमा स्पष्ट भएर कलम चलाउन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

महासंघ जिल्ला शाखा नवलपुर कार्य समिति, बिषयगत समिति तथा पत्रकार सम्वद्ध शुभेच्छुक संघ–संगठनका प्रतिनिधि सहभागीले मोफसलमा रहेर पत्रकारीता गर्न र सञ्चार माध्यमका संघ–संस्थालाई टिकाउन गाह्रो भएको गुनासो गरेका थिए ।




सम्बन्धित
Loading...