ad

दुग्ध उत्पादक किसानहरूकाे अन्तरक्रिया

22

साना किसान बचत तथा ऋण सहकारी संस्था अग्याैली अन्तर्गतकाे दुग्ध उत्पादक किसानहरू बिच कावासाेती १४, गाेडारमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
साना किसान बचत तथा ऋण सहकारी, अग्याैलीका दूध डेरी संयाेजक हरि सुवेदीकाे अध्यक्षता र साना किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
दुग्ध उत्पादक किसानहरूकाे अन्तर्क्रिया कार्यक्रमले किसानहरूकाे समस्या पहिचान गर्न र किसानहरूकाे सहकारीसंग प्रत्यक्ष साक्षात्कार गर्दा समस्याकाे समाधान गर्न सहज हुने बताईएकाे छ ।
साथै किसानहरूलाई सहज रूपमा पशु अाहार, घाँस उत्पादनकाे लागि बीउ, मल र अन्य कृषि सामाग्री कसरी सहज र सरल तरिकाले प्रदान गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएकाे थियाे ।



You might also like
Loading...