ad

स्नातक अध्ययनका लागि कलेज खोज्दै करिश्मा

9


काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अब स्नातक अध्ययन सुरु गर्ने भएकी छिन् । शुक्रबार मात्र उनले १२ कक्षाको परीक्षा सम्पन्न गरेकी छिन् । यी अभिनेत्रीले अब आफु स्नातकमा भर्ना हुने बताइन् । स्नातक अध्ययनका लागि नयाँ कलेजको खोजीमा भएको बताइन् ।

 

सामाजिक सञ्जाल मार्फत १२ कक्षाका साथीहरुसँग खिचेको तस्बिरहरु सार्वजनिक गर्दै उनले अब स्नातकमा अध्ययनको क्रममा साथीहरुसँग भेट्ने बाचा गरेकी छिन् । उनलाई सो तस्बिरमा धेरैले १२ कक्षा उतिर्ण र स्नातकको लागि शुभकामना दिएका छन् ।

 



गोदावरीमा आफ्नै घर नजिक रहेको एक क्याम्पसबाट उनले १२ कक्षाको परिक्षा शुक्रबार सम्पन्न गरेकी छिन् । यसपटक परिक्षामा आफुले राम्रो लेखेको उनले बताएकी छिन् । सोही कारण १२ कक्षा उतिर्ण हुनेमा उनी ढुक्क छिन् ।

 

करिश्माको भनाईमा एसईई गरेपछि उनले पढाई छाड्छिन जस्तो धेरैलाई लागेको थियो । तर कम्तिमा स्नातक गर्ने लक्ष्य सहित आफुले ८ कक्षाबाट पुन पढाई सुरु गरेको

उनले बताएकी छिन् । सोही कारण पनि अहिले उनी ब्याचलर पढाईको लागि कलेज खोज्दै छिन्् ।

करिश्माले ब्याचलरको पढाई अब चाँडै सुरु हुने भएकाले त्यसको तयारीमा आफु जुटेको बताएकी छिन् । केही समय अघि राजनीतिमा सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा त्यती सक्रिए देखिएकी छैनन् । तथापि उनले राजनीति छाडेकी छैनन् । उनी अहिले पढाईमा बढी केन्द्रित हुने बताउँछिन् । फुर्सदको समय उनी राजनीतिलाई दिने पक्षमा छिन् ।

 

करिश्माले ५ वर्ष अघिबाट पुन पढाई सुरु गरेकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा ८ कक्षामा भर्ना भएर पढाई सुरु गरेकी थिईन् । त्यतिबेला उनी स्कुल भर्ना हुँदै धेरै जना छक्क परेका थिए । तर उनी कत्ति पनि हतास भईनन् । आफ्ना छोरी भन्दा कम उमेरका सहपाठीहरुसँग उनले त्यतिबेला स्कुलको पढाई सुरु गरिन् ।

 

नेपाली चलचित्रमा सफल नायिकाको रुपमा अढाई दशक करिअर विताईसकेकी उनी उच्च शिक्षा हासिल गर्ने योजना सहित स्कुल भर्ना भएकी थिईन् । तर त्यतिबेला धेरैले उनलाई पढ्नका लागि प्रेरणा दिए । छोरी कविताले समेत आफुलाई स्कुल जान प्रेरणा दिएपछि पढ्न जान सहज भएको उनले बताएकी छिन् । पछि उनले सोही स्कुलबाट एसईई उतिर्ण गरेकी हुन् ।

 

करिश्माको भनाईमा उनी आठ कक्षा पढ्दै गर्दा नायिकाको रुपमा प्रस्ताव आयो । त्यतिबेला उनको पारिवारिक अबस्था कमजोर थियो । चलचित्र सन्तानमा नायिकाको रुपमा काम गरेपछि उनलाई लगातार फिल्मको प्रस्ताव आयो । एकपछि अर्को फिल्ममा जोडिँदै जाँदा आफुले पढाई छाड्नु पारेको भनाई छ ।



You might also like
Loading...