ad

ईपीएलमा आज दुई खेल

20


काठमाडौँ- ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ ।



आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं र चितवनबीचको खेल बिहान ९:३० बजे शुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ ।

सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा छ ।

भैरहवा र ललितपुरबीचको खेल दिउँसो १:३० बजे शुरू हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्न चाहन्छ भने ललितपुर पहिलो जित निकाल्न चाहन्छ ।



You might also like
Loading...