ad

देवचुलीको कदमपुरमा दुईवटा बोरिङ्ग शिलन्यास

47


विवेक भण्डारी-

देवचुली। देवचुली नगरपालिका वडा नम्बर पाँचमा दुईवटा बोरिङ्गको एकै पटक शिलन्यास गरिएको छ ।

 



प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास गरिएको हो ।

 

कदमपुर देवीथान डिप बोरीङ्ग समितिले एक कार्यक्रम नै आयोजना गरि बोरिङ्ग शिलन्यास गरेको छ ।

 

शिलन्यास कार्यक्रममा सासंद खनालले कदमपुर क्षेत्रका युवाहरुको अनुरोधमा बोरिङ्गका लागि बजेट विनियोजन गरिएको बताए।

उन ले शिलन्यास गरिएको बोरिङ्ग निर्माणपछि सञ्चालन गरि कृषकलाई सिंचाईका लागि सहज बनाउन र उत्पादन वृद्धि गर्न आग्रह गरे ।

 

गाउँमा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास हुदा स्थानीय खुशी भएका छन् ।

सिंचाईको सहज पहुँच नहुँदा उत्पादन वृद्धि गर्न नसकेका किसानहरुले बोरिङ्ग सञ्चालनपछि उत्पादन वृद्धि हुने र हिउँदे र नगदे बाली समेत लगाउन सकिने बताए ।

कार्यक्रममा देवचुली वडा नम्बर पाँचका वडा अध्यक्ष शिवलाल सापकोटा, देवचुली दुईका वडा अध्यक्ष माधव केसी, समाजसेवि असोक बस्ताकोटी,प्रदिपराज घिमिरे, सुन्दर पाण्डे, गोविन्द रेग्मी, दिपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

 

कदमपुर देवीथान डिप बोरिङ्गका समितिका अध्यक्ष नन्दबहादुर सारुका अनुसार करिब एक करोड ९० लाखको लागतमा दुईवटा डिप बोरिङ्ग तयार हुने बताए ।



You might also like
Loading...