नेकपा एमालेले सरावल २ मा वडा कमिटि गठन गर्यो, अध्यक्ष सञ्जय मौर्य सर्वसम्मत,





नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको वडा स्तरिय अगुवा कार्यकर्ता भेला शुक्रबार सरावल २ जावामा भएको छ ।

 

नेकपा एमाले वडा नम्बर २ का वडा समयोजक सञ्जय मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रिंगला यादवको प्रमुख आतिथ्यता र पार्टीको जिल्ला सचिवालय सदस्य सिता शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाल्दै प्रमुख अतिथि यादवले नेकपा एमालेले आफ्नो कार्यकालमा अतुलनिय विकास निर्माणको कार्य गरेको बताउदै यस बाट पार्टीका नेता तथा कार्यकर्ताहरु पाठ सिक्नुपर्ने र पार्टी अझ शसक्त रुपले अगाडी बढाउनुपर्ने कुरामाथि जोड दिनुभयो ।

 




फरक प्रसंगमा बोल्दै उहाँले पार्टीबाट दु्ई चार रुष्ट भएर अलिग्गिदैमा पार्टी कमजोर नहुने बताउदै पार्टीप्रति गलत दृष्टी राख्नेहरु मात्रै टाढिएको र पार्टी पहिला जस्तै बलियो र सार्थक रहेको बताउनुभएको छ ।

 

नेकपा एमाले जिल्ला कमिटि सदस्य देवराज श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा जिल्ला पृथ्वीचन्द्र असपताल परासीका ब्यवस्थापन समिति अध्यक्ष जगदिश चौधरी, राष्ट्रिय युवा संघ प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर २ का समयोजक विमल वाग्ले, युवा संघका प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का समयोजक विनोद पुन, युवा संघका जिल्ला समयोजक युवराज डुम्रे, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शुसान्त शर्मा घिमिरे, नेकपा एमाले जिल्ला समयोजक कैलाश यादव, नेकपा उमाले सरावल गाउ कमिटि सचिव देवराज चौधरी, अनेम संघकी सरावल गाउपालिका अध्यक्ष बासमति हरिजन, लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

 

भेलाले सञ्जय मौर्यको अध्यक्षतामा २१५ सदस्यिय नेकपा एमाले वडा कमिटि गठन गरेको छ ।

 

जसको उपाध्यक्षमा जमुना भुषाल, भोलानाथ चौधरी, सचिवमा टिपराज राय, सह सचिवमा टेक बहादुर हरिजन, विष्णु प्रसाद चौधरी लगाएत सदस्यहरु रहनुभएको छ ।

 

त्यस्तै भेलाले राजन अधिकारीको अध्यक्षतामा २१ सदस्यिय वडा स्तरको राष्ट्रिय युवा संघ गठन गरेको छ । जसको उपाध्यषमा पुरन खान, सचिवमा अजय गुप्ता, सहसचिव अनरपिजत यादव, कोषाध्यक्षमा सागर चौधरी लगाएत सदस्यहरु रहनुभएको छ ।

 

महिला पुरुष गरि करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन युवा संघका नगेन्द्र चौधरीले गर्नुभएको थियो ।




सम्बन्धित
Loading...