ad

प्रतापपुरमा ईन्द्रेणीद्धारा सञ्चालित परियोजना कार्यान्वयनको लागी समन्वय

14


नेपाल सरकार तथा स्विस सरकार बिच भएको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्व एवंम हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत प्रतापपुर गाउपालिकाको नेतृत्व र सेवा प्रदायिक संस्था ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको आयोजनामा शुक्रबार परियोजना कार्यान्वयनको लागी स्थानिय सरकारका पदाधिकारी एवं सरोकारवाला संगको समन्वय बैठक प्रतापपुरमा सम्पन्न भएको छ ।

 

ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य बिमल चन्द्र घिमिरेको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परियोजनाले पालिकामा गरेका गतिविधि र आथिृक बर्ष २०७८।७९ को कार्यक्रमका बारेमा सरोकारवाला संग छलफल गरिएको थियो ।

 



सो अवसरमा परियोजनाका बारेमा सामी परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र सामी हेलभेटासका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले सहजिकरण गर्नुभएको थियो ।

 

सो अवसरमा सहभागीहरुले जिज्ञासा राख्नु भएको कार्यक्रममा प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार सिंह लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

 

त्यस्तै सोही अवसरमा मञ्च द्धारा प्रतापपुर गाउपालिकामा संचालित एकिकृत ग्रामिण सामुदायिक स्वास्थ्य परियोजनाको बार्षिक समिक्षा कार्यक्रम समेत सम्पन्न भएको छ ।

 

स्वास्थ्य परीयोजनाले पालिकामा गरेका गतिविधि र आगामी गरिने गतिविधिका बारेमा परियोजनाकी कार्यक्रम अधिकृत सुस्मा जोशीले सहजिकरण गर्नुभएको थियो ।

 

मञ्चका कार्यकारी निर्देशक बद्रि प्रसाद सुवेदीको स्वागत सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन परियोजनाका नारायण भण्डारीले गर्नुभएको थियो ।

 

वैठकमा कार्यपालिका सदस्य ,स्वास्थय चौकीका प्रमुख,एवं पालिकाका विभिन्न शाखा प्रमुख लगायत परियोजानका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



You might also like
Loading...