ad

रोशनसँग नम्रताको ‘चुपचाप’ रोमान्स

8


काठमाडौं–अभिनेत्री तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारी फिचर्ड गीत ‘चुपचाप’को भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा रोशन र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत र शब्द छ ।

 



द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको भिडियोमा विधान कार्कीको निर्देशन छ ।

 

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मोडल नम्रताले गीतको भाव अनुसार आफूले काम गरेको दाबी गरिन् ।

 

निर्देशक कार्कीले रोमान्टिक शैलीमा रोशन र नम्रताको क्यामेष्ट्रीलाई पर्दामा उतार्न निकै मेहनत गरेको बताए । नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा भिडियो निर्माण गरिएको हो ।

 

भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र माधव शर्माको सहायक निर्देशन छ ।

 

 



You might also like
Loading...