ad

हुप्सकोटका ३५ घरपरिवारलाई राहत वितरण

41

 


नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका पहिरो पीडित ३५ घर परिवारलाई आइतबार राहत वितरण गरिएको छ ।

 

हुप्सेकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी काठमाडौं र कावासोतीको समन्वयमा आइतबार प्रतिघर १३ हजार पाँच सय रुपैयाँ नगद, स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

 



राहत वितरण कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक उमेश ढुंगाना, कावासोती ऋषिराम कंडेलको सहभागिता रहेको थियो ।

 

त्यसैगरी प्रयास नेपाल ललितपुर र इसाइ समाज नवलपुरले पनि पहिरो पीडितहरुलाई आइतबार नै खाद्य सामग्री वितरण गरेको थियो ।



You might also like
Loading...