ad

ईपीएलः काठमाडौंविरुद्ध विराटनगरको जित

11

 


एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विराटनगर वारियर्सल जित निकालेको छ ।

 

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर रायन पठानको अलराउन्ड प्रदर्शन र अनिल शाहको आक्रमक ब्याटिङको सहयोगमा विराटनगरले ८ आभेरमा १०४ रन बनाएको थियो ।

 



पठानले ३० तथा अनिलले अविजित ४५ रन बनाएका थिए ।

 

१०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले तीन विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

 

आउटफिल्ड ओेसिलो भएका कारण खेल आठ ओभरमा छोट्ट्याइएको हो ।



You might also like
Loading...