ad

राष्ट्रिय जनगणना २०७८ः आदिवासी जनजातिको सवाल

36


– राम तामाङ –

 

तथ्यांक देश र समाजको ऐना हो । देशभित्रको सामाजिक, आर्थिक, भाषिक, धार्मिक आदि विभिन्न आयामहरुलाई तथ्य र अंकमा प्रतिविम्वित गर्ने कार्य राष्ट्रिय जनगणना मार्फत गर्ने गर्दछ । यसैको प्रयोग गरी राज्यले दुई भिन्न भिन्न समयको तुलना गर्ने, अध्ययन अनुसन्धान गर्ने, योजना तर्जुमा लगायतका महत्वपूर्ण कार्य गर्ने गर्दछ । यसैले देशभित्र रहेका बहुआयामिक समाज अनुसार यथार्थ तथ्यांक संकलन गर्नु तथ्यांक विभागको दायित्व हो ।

 



नेपालमा वि.स.१९८६ देखि प्रत्येक १०/१० वर्षको अन्तरालमा २०६८ सम्ममा एघारौं राष्ट्रिय जनगणना गरिसकेको छ र हाल बाह्रौं राष्ट्रिय जनगणना २०७८ यही आउदो कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुन गइरहेको छ । विगतमा भएका जनगणनाहरुको तथ्यांक परिणममा आदिवासी जनजाति समुदायले सन्तुष्ट हुनेखालका देखिएनन् र ति तथ्यांकहरुलाई मिथ्यांक भन्दै आइरहेको अवस्था हो । त्यसैले २०७८ को जनगणनालाई पनि यी समुदायले शंकाको घेराभित्र राखी ध्यानपूर्वक हेरिरहेको छ ।

आदिवासी जनजाति र जनसंख्याको महत्व :

आदिमकालदेखि नै जन वा जनसंख्याको ठूलो भूमिका थियो र वर्तमान परिवेशमा यसको महत्व अझ वढेर गएको छ । अझ संघीयताको कार्यन्वयनमा जाँदा कुन प्रदेश, स्थानीय तहमा कसरी योजना वनाउने भन्ने वारे यो शुरुवाती तथ्यांक भएकोले यसमा आदिवासी जनजाति समुदायले खास ध्यान दिनुपर्ने देखिन्छ । जन वा जनसंख्या प्रत्येक समुदाय वा जातिको सम्पत्ति हो ।

 

जनसंख्या त्यो समुदाय वा जातिको शक्ति, साधन र स्रोत हो, यसले आफ्नो समुदायको सदस्यहरुलाई सुरक्षित तथा समृद्ध जीवनयापन गर्न सहयोग गरि समुदायलाई जीवित रहन मद्दत गर्दछ। यसले सामुहिकतालाई वलियो वनाई संगठन गर्न वा संगठित वनाउदछ गर्न, अधिकार प्रप्तिको लागि आवाज उठाउन, गोलवन्द हुन र दवावलाई प्रभावकारी वनाउन सघाउदछ ।

 

सामुहिकतालाई राज्य निर्माण विकास, संघियताको अक्षरषः कार्यान्वयन, समुदायको योगदान मुल्यांकन, नीति निर्माणमा पहिचान, प्रतिनिधित्व, पहुच र लाभमा अर्थपुर्ण हिस्सेदारी वन्न सघाउदछ । आदिवासी जनजातिको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन र विकासलाई सार्थक पारी आफ्नो गौरवमय अस्तित्व स्थापित गर्न जनसंख्याको महत्वपूर्ण भूमिका हुने गर्दाछ ।

 

२०६८ को तथ्यांकमा देखिएका त्रुटी र आदिवासी जनजातिको चासो:

–२०५८ को जनगणनामा आदिवासी जनजाति समुदायको जनसंख्या प्रतिशत ३७.२ रहेको २०६८ को तथ्यांकमा २ प्रतिशत कम भई ३५.२ प्रतिशत मात्र देखाएको छ । जनसंख्याको वार्षिक बृद्धिदरको आधारमा आदिवासी जनजाति समुदायको जनसंख्या ४५ प्रतिशत हुनुपर्ने देखिन्छ ।

– २०५८ को तथ्यांकमा हिन्दु धर्मावलम्वीको जनसंख्या ८०.६ प्रतिशत थियो र २०६८ को तथ्यांकमा ८१.३ पुग्यो । पहिलो हिन्दु धर्म लेखाउने मगर र थारु समुदाय बुद्ध धर्म लेखाउने निर्णय गरि अभियान संचालन गरेकोले तथ्यांकमा कमी हुनुपर्ने थियो ।

– जनगणना २०६८ मा नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजाति मध्ये १२ वटा आदिवासी जनजाती समुदायको तथ्यांकमा नै आएन उनीहरुको अस्तित्व समाप्त गरियो ।

– २०६८ को जनगणनामा खस भाषा बोल्ने क्षेत्री, बाहुन, दलित समुदायको जनसंख्या प्रतिशतको आधारमा ३६.२ मात्र हुन्छ तर खष भाषा बोल्ने संख्या तथ्यांकमा ४४.६ देखाएको छ ।

– सवै विषयको जिल्लागत तथ्यांक निकालिएको छ तर आदिवासी जनजातिको जनसंख्या र मातृभाषा वोल्नेको जिल्लागत तथ्यांक किन राखिएन ?

– जुन जिल्लामा समुदाय छ त्यहा मातृभाष बोल्नेको संख्या छैन तर समुदाय नै नभएको ठाँउमा मातृभाषा बोल्नेको संख्या देखाएको छ । जस्तै गोर्खामा बराम जाति छ बराम भाष बोल्नेको संख्या देखाएन, खोटाङमा कोच समुदाय छैन कोच भाषा बोल्नेको संख्या हजारौमा देखाइनु ।

आदिवासी जनजाति समुदायले ध्यान दिनुपर्ने:

– आफ्नो नामको पछाडी थर मात्र नभइ जाति जोडेर लेखाउनु पर्ने ।

– मातृभाषा सोध्दा आफुले वोल्ने वा आफ्नो जातीले वोल्ने भाषा लेखाउने ।

– पुख्र्यौली भाषामा आफ्नो जातीले वोल्ने भाषा लेखाउने ।

– धर्मको महलमा आफुले मान्ने (बुद्ध, प्रकृतिक पुजक) जस्ता लेखाउने ।

– दोस्रो भाषामा आफ्नो छिमेकी जातिले वोल्ने भाषा लेख्ने ।

२०६८ को तथ्यांकमा नवलपरासीका आदिवासी जनजाति समुदायको भाषागत तथ्यांक

 

कुल जनसंख्या कुल जनसंख्या जातिगत

प्रतिशत

 

मातृभाषा वक्ता संख्या वक्ता प्रतिशत
६४३५०८
मगर ११२३३१ १७.४५ ८७५८८ ७७.९७
थारु ९७२७५ १५.११ ६२९३९ ६४.७०
तामाङ ६२०९ ०.९६ ३६५९ ५८.९३
गुरुङ १५५४५ २.४१ ९८५५ ६३.३९
नेवार १२५१९ १.९४ ६४२० ५१.२८
कुमाल १४३६७ २.२३ २२५९ १५.७२
भुजेल १६१५ ०.२५ ५८६ ३६.२८
बोटे २२१४ ०.३४ १४२८ ६४.४९
दरै २०५६ ०.३१ ९३६ ४५.५२
माझी ५५६ ०.०८ ३२५ ५८.४५

 

संसारभरीका आदिवासीमाथि राज्यले गर्ने विभेद, दमन, शोषण र उत्पीडनको तरिका एकै खालको देखिन्छ । गैर आदिवासी समुदायले आदिवासी समुदायलाई प्रहार गर्ने पहिलो निशाना भनेको उनीहरुको विविधता वा भिन्न पहिचानमाथि नै हो नेपालका आदिवासी जनजातिमाथिपनी शासकहरुले हिन्दु राज्य र त्यसबाट प्रभावित राज्यसत्ताको सिर्जना गरेर उनीहरुको भाष, धर्म र संस्कृतिमाथि २४५ वर्ष सम्म निरन्तर आक्रमण गरिरहे । अहिलेको सावालपनी त्यसखालको आक्रमण र विभेदले निरन्तरता पाउने की अन्त्य हुने भन्ने नै हो । त्यसैले आदिवासी जनजातिको सही तथ्यांकको जरुरी छ ।

 

सही तथ्यांकले मात्र राज्य संरचनामा सहभागीता गराउन, राज्यसंरचनामा भित्रका स्रोत साधनमा पहुच विस्तार गर्न सकिने भएकोले सही तथ्यांक टिपाई÷टिप्न लगाई सचेत आदिवासी अभियान्तको भूमिका निर्वाह गरौ ।

लेखकः आदिवासी जनजाति महासंघ, नवलपुरका अध्यक्ष हुन् ।

 



You might also like
Loading...