ad

होटल ब्यबसायी संघ नवलपरासीमा ध्रुव भण्डारी

33


होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला अध्यक्षमा ध्रुव भण्डारी निर्वाचित हुनुभएको छ ।

 

संघको आठौं साधारणसभा तथा ५ औं अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।

 



समितिको उपाध्यक्षमा भरत कंडेल, सचिवमा कमल चापागाई, कोषाध्यक्षमा शान्ती खराल बराल र सह सचिवमा जितेन श्रेष्ठ रहनुभएको छ ।

 

सदस्यहरुमा तारानाथ शर्मा, सुर्य शर्मा पौडेल, कमला उपाध्याय, भोजराज भण्डारी, हेमराज घिमिरे निर्वाचित हुनुभएको छ ।

 

कार्यसमितिमा २ जना सदस्यलाई मनोनित गरिएको छ । मनोनित सदस्यहरुमा अर्जुन पाण्डे र शम्भु शरण चौधरी रहनुभएको छ ।

 

नवनिर्वाचित समितिको सपथग्रहण कार्यक्रम र पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भैसकेको निवर्तमान अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभएको छ ।

 

 

पाण्डेले नव निर्वाचित अध्यक्ष भण्डारीलाई र निवर्तमान सचिव दिपक रानाले नव निर्वाचित सचिव चापागाईलाई माईन्युट हस्तान्तरण गर्नुभएको थियो ।

 

साधारण सभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसहमतले पारित गरेको छ ।

 

 

 



You might also like
Loading...