ad

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या

70

 


फेसबुक एप, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्।

 

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएको बताएका छन्।

 



प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

 

यस्तै इन्टा र ह्वाट्स एपबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

 

यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

 

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

 

फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधाका लागि क्षमाप्रार्थी छौँ

 

सामाजिक सञ्जाल फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएपछि फेसबुकले यथासक्य समस्या समाधान गर्ने जनाएको छ ।

 

फेसबुक, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएपछि विश्वभरका प्रयोगकर्ता हैरानी भएका छन् ।

 

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका लाखौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएसँगै ट्वीटरमा यसबारे विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

 

प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

 

यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

 

यी सामाजिक सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

 

 

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

 

सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

 

प्रयोगकर्ताहरूले फेसबुकमा समयस्या भएपछि रिपोर्ट गरेका थिए। ती रिपोर्टहरू प्राप्त भएको र त्यसमा काम भइरहेको फेसबुकले ट्विटरमा लेखेको हो।

 



You might also like
Loading...