ad

देवचुली र गैडाकोटको दुर्घटनामा २ जना घाइते

37


नवलपुर । पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

 

अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार गएराति पूर्वी नवलपरासीको देवचुली नगरपालिका १४ स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको प्र.२ – ००४ प ३४४७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टन जादाँ स्कुटर चालक देवचुली १४ निवासी ३६ बर्षीय रामजी भण्डारी घाईते भएका हुन् ।

 



उनको टाउको, दाहिने खुट्टामा चोटमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

 

त्यसैगरी गैडाकोट १० भैसाखोरीमा पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २४२१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा गैडाकोट ११ निवासी ७० बर्षीय मानबहादुर महतो घाइते भएका हुन् ।

 

अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार ठक्करबाट महतोको टाउको, दुवै हात, खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

 

गैडाकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

 

 



You might also like
Loading...