ad

पाल्हीनन्दनको भवन उद्धाटन गर्न ‘प्रचण्ड’ पश्चिम नवलपरासी आउँदै

138


असोज १९ । नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ यहि असोज २३ गते पश्चिम नवलपरासी आउनुहुने भएको छ ।

 

पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्धाटनका लागि प्रचण्ड पश्चिम नवलपरासी आउनु लाग्नुभएको गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपकले जानकारी दिनुभयो ।

 



कोरोना महामारीका कारण निर्माण सम्पन्न भएर पनि उद्धाटन हुन नसकेको गाउँपालिका भवनको उद्धाटनका लागि प्रचण्ड आउन लाग्नुभएको हो ।

 

प्रचण्डले जिल्लामा माओवादी केन्द्रका अगुवा कार्यकर्तालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

पाल्हीनन्दनमा प्रभावकारी बन्दै ‘सुनवल सामुदायिक विकास केन्द्र’

 

सुनवल सामुदायिक विकास केन्द्रले शुक्रवार पाल्हीनन्दनमा आफ्नो परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

संचालन भएका परियोजनाको सामाजिक परिक्षणले संस्था समुदायमा प्रभावकारी वन्दै गएको सरोकारवालाहरुले वताएका छन् ।

 

संस्थाका अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा सामाजिक परिक्षण गरिएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले पाल्हीनन्दनलाई कार्यक्षेत्र वनाएर सुनवल सामुदायिक विकास केन्द्रले गर्ने परियोजनामा पालिकाको पूर्ण सहयोग रहने बताउनु भयो ।

 

कार्यक्रममा संस्थाको तर्फबाट राधा तिमिल्सिनाले आर्थिक वर्ष २०७७÷०७८ मा पाल्हीनन्दन गाउँपालिकामा संचालन भएको परियोजनाहरुको विस्तृत प्रगति प्रस्तुत गर्नुभएको थियो ।

 

गाउँपालिकामा संस्थाले गएको बर्षदेखि लैङ्गिक समानता, कोभिड १९ समुदाय प्रतिकार्य र प्राण परियोजना सञ्चालन गरेको संस्थाले जनाएको छ ।

 

गत आ.ब. २०७७।०७८ मा संस्थागत तथा परियोजनाको बजेट ७४ लाख ३१ हजार १८२ रहेको र विभिन्न कार्यक्रममा भएको खर्च ७३ लाख ४ हजार १८२ खर्च भएको संस्थाले जनाएको छ ।

 

साथै संचालित परियोजनाबाट कुल एक हजार एक सय १९ जना प्रत्यक्ष लाभाँवित भएको परियोजना संयोजक राधा तिमिल्सीनाले जानकारी दिनु भयो ।

 

चालु आर्थिक बर्षमा लैङ्गिक समानता परियोजना, कोभिड १९ बाट प्रभावित नेपाली समुदायको लागी आर्थिक पुर्नजीवन परियोजना, घरेलु हिंसा न्युनिकरणका लागि मेलमिलाप तथा सम्वाद कार्यक्रम, कोभिड १९ प्रतिकाय र संस्थागत बिकासका कार्यक्रमहरु संचालन हुने संस्थाकी उपाध्यक्ष देउमाया घिमिरेले जानकारी दिनु भयो ।

 

सो कार्यक्रमहरुकालागि २ करोड ८ लाख ४९ हजार बजेट विनियोजन गरिएको वताइएको छ ।

 

गत बर्ष संस्थाले परियोजना संचालन गरेर ४५ जना विपन्न परिवारका किशोरीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

 

त्यस्तै ४ वटा मदरसामा कक्षा कोठा ब्यवस्थापन, एउटा मदरसामा शौचालय निर्माणमा सहयोग गरिएको छ ।

 

४ जना बैदेशिक रोजगार बाट फिर्ता आएका यूवाहरुलाई ब्यवसाय सहयोगमा फ्रेस हाउस संचालनको लागी सामाग्रीहरु सहयोग गरेको हाल नियमित रुपमा आफ्नो ब्यवसाय संचालन गरिरहेका छन् ।

 

जसले गर्दा दैनिक जिवन यापनमा सहयोग पुगेको छ । २४ जनालाई सिलाई मेसिन, २२ जनालाई बाख्रा सहयोग गरेको संस्थाले जनाएको छ ।

 

अपाङ्गता भएका व्यक्तिहरु, गरिबीका रेखामुनी रहेका मानिसहरु, द्धन्द्ध प्रभाबित, सिमान्तकृत समुदाय, लोपोन्मुख जातीहरु, किशोरकिशोरीहरु, दलित, मुस्लिम, एकल महिला जेष्ठ नागरिक, महिला तथा बालबालिका, एचआइभि सँक्रमित तथा प्रभावित व्यक्तिहरु संस्थाका लक्षित समुदाय भएको अध्यक्ष अधिकारीेले वताउनु भयो ।

 

कार्यक्रममा पाल्हीनन्दन ३ का वडा अध्यक्ष गोधन हरिजन, वडा नम्बर ६ का सदस्य रामदयाल गुप्ता, इन्दे्रणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदी, युनाइटेड मिसन टु नेपालकी कविता गुरुङ्ग, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, कार्यक्रम प्रमुख मालती न्यौपाने कृष्ण प्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।

 



You might also like
Loading...