ad

नेकपा माओवादी केन्द्र नवलपुरमा जिल्लादेखि पालिकासम्म जिम्मेवारी हेरफेर

85

 


नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको जिल्ला, नगर तथा गाउँ समितिको जिम्मेवारी टुंगिएको छ ।

 

जिल्लामा ईन्चार्जको जिम्मेवारी बालकृष्ण गैरे र संयोजकको जिम्मेवारी मित्रशरण शर्मालाई प्रदान गरिएको छ ।

 



पालिका तथा जिल्लाबाट प्रस्तावित नाम तथा जिम्मेवारीलाई प्रदेश कमिटिले अनुमोदन गरेको छ ।

गैँडाकोट नगरपालिकाको ईन्चार्जमा धनप्रसाद सापकोटा, अध्यक्षमा युवराज रिमाल र सचिवमा श्यामसुन्दर लामिछानेलाई तोकिएको छ ।

 

देवचुली नगरपालिकामा ईन्चार्जमा बालकृष्ण रानाभाट, अध्यक्षमा प्रेमा खनाल, सचिवमा प्रितम भुजेल रहनुभएको छ ।

 

कावासोती नगरपालिकामा ईन्चार्जमा टंकमणि पौडेल, अध्यक्षमा डासीरामा बस्याल, सचिवमा रमिला भुजेल चयन हुनुभएको छ ।

 

मध्यविन्दु नगरपालिकामा ईन्चार्ज तारा भुषाल, अध्यक्षमा टिकाराम घर्ती र सचिवमा ईश्वर गैरे रहनुभएको छ ।

त्यस्तै हुप्सेकोट गाउँपालिकाको ईन्चार्जमा सुस्मा खनाल, अध्यक्षमा चन्द्रबहादुर गाहा मगर र सचिवमा नयाँदत्त गौतम रहनुभएको छ ।

 

विनयी त्रिवेणी गाउँपालिकाको ईन्चार्जमा मित्रशरण शर्मा, अध्यक्षमा कृष्ण पाण्डे र सचिवमा जम्मा कली मगर रहनुभएको छ । बुलिङटार गाउँपालिकाको ईन्चार्जमा कृष्णप्रसाद शर्मा, अध्यक्षमा लालबहादुर रेश्मी मगर र सचिवमा यमबहादुर सारु मगर रहनुभएको छ ।

 

बौदीकाली गाउँपालिकाको ईन्चार्जमा टंकमणि पौडेल, अध्यक्षमा टंक पुलामी मगर र सचिवमा तोपलाल रुचाल रहनुभएको छ ।

पालिकाका ईन्चार्जहरु प्रदेश कमिटिका सदस्यहरु रहेका छन् । गठित नगर तथा गाउँ समिति कार्यकारी हुनेछ ।

 

समितिहरुले निर्वाचन प्रणालीबाट पार्टीको अधिवेशन सम्पन्न गर्नका लागि काम अघि बढाईसकेका छन् ।

 

नगर/गाउँ समितिमा संयोजक सहित ५ जनाको, वडा र टोलमा ३ जनाको (एक जना महिला अनिवार्य हुने गरि तयारी गरिरहेका छन् ।



You might also like
Loading...