ad

ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने प्रचण्डको चेतावनी

182


परासी, २४ असोज –  नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएको दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन् ।



पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका प्रचण्डले भने‘ ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २÷४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरीदैं छ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै भने‘ मधेसी जनता मेरा प्रेमिका हुन कहिले काही भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडि रहेको छु ।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए । उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहिन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरे ।

छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

 



You might also like
Loading...