ad

नवलपुरको विनयी त्रिवेणीबाट १९ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

186

File Photo

 


नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ जकाडीबाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।

 

नन्द भाउजु होटलको सटर कोठामा जुवा तास खेली रहेको अवस्थामा १९ हजार ५ सय ५ रुपैयाँ नगद र १ सय ६० पत्ती तास सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 



पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका ३ बस्ने ३१ बर्षको दान बहादुर खन्गाहा, विनयी त्रिवेणी ४ बस्ने ५० बर्षका रामचन्द्र कुवर, कावासोती नगरपालिका ६ निवासी ३९ बर्षीय तिल बहादुर रावत, दाङको शान्तीनगर गाउँपालिका ३ निवासी २९ बर्षीय भुपेन्द्र वि.क. र धादिङ जिल्लाको बेनीघाट गाउँपालिका ७ निवासी २६ बर्षीय नवराज सिलवाल रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

 

डेढ लाख भन्दा बढी नगद सहित कावासोतीमा जुवातास खेल्ने ३ जना पक्राउ

 

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ लाख ५२ हजार ६ सय २० रुपैयाँ नगद र ३ बुक तास सहित नवलपुर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

 

गएराति कावासोती १३ बुढौली कुना बस्ने माया गुरुङको घर तास खेलीरहेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेमा कावासोती ८ निवासी ३६ बर्षीय मनोज गुरुङ, कावासोती १३ निवासी ४३ बर्षीय धनबहादुर गुरुङ र कावासोती ५ निवासी ३० बर्षीय राजकुमार सिंजाली रहेका छन् । घटना स्थलबाट केही मानिस फरार भएको बताइएको छ ।

 

पक्राउ परेकालाई कारवाहीका लागि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 

प्रहरीले दशै शुरु भए लगतै जुवा नियन्त्रणका लागि कडाई गरेको छ भने माइकिङ्ग समेत बढाएको छ ।

 



You might also like
Loading...