ad

नवलपुरमा दशै लक्षित सुरक्षा सतर्कता बढाइयो

81

 


नवलपुर। पूर्वी नवलपरासीमा दशैलाई लक्षित गरी सृुरक्षा सतर्कता बढाइएको छ।

 

ट्राफिक चेकि·, सादा पोशाकका प्रहरीको गस्ती, रात्री गस्ती, राजमार्ग चेकि·, टोलटोलमा प्रहरी, यात्रु सहायता कक्षा स्थापना, ंसंयुक्त गस्ती आदि गरेर सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

 



दशैंको बेला बढी भाडा लिएर यात्रुहरुलाई दुःख दिनसक्ने हुनाले यात्रुहरुले गुनासो राख्नका लागि गैडाकोट, कावासोती र दुम्किबासमा गरी ३ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक नारायण थापाले बताए।

 

थापाले भने – चाडपर्वको बेला क्षमता भन्दा बढी यात्रु चढाउने, मादकपदार्थ सेवन गरे सवारी साधन चलाउने जस्ता समस्याहरु पनि देखिने भएकोले ट्राफिक चेकि· समेत बढाइएको छ। यता सशस्त्र प्रहरीले समेत नेपाल प्रहरी लगायतको सुरक्षा निकायसँग मिलेर संयुक्त गस्तीको तयारी गरेको सशस्त्र प्रहरीका डिएसपी विरभन्द्र थानले बताए ।

 

नवलपुरमा सुरक्षा समितिको वैठक बसेर सुरक्षा योजना तयार गरेको छ। नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले सुरक्षा समितिको वैठक बसेर एकीकृत सुरक्षा योजना र त्यस भित्र पनि चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको बताइन्।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले चाडपर्वको बेला जनतामा हुने समस्या बुझ्नका लागि शनिबारबाट जनतासँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

मल्लका अनुसार जनताको घरघरमा जाने जनताको समस्या बुझ्ने र कुनै शंकास्पद गतिविधि भए प्रहरीलाई खबर गर्न आग्रह समेत गरिएको छ।

पहिलेको तुलनामा चेकजाँचमा कडाई गरिएको, सामान्य अवस्थामा भन्दा अहिले प्रहरीको डिउ्टी दुई गुना बढाइएको उनले बताए।

 

त्यसैगरी अधिक्तम प्रहरी परिचलान गरिएको पनि उनले बताए ।

 

मल्लले कुनै शंकास्पद गतिविधि लागे प्रहरीलाई १०० मा सम्पर्क गरे जानकारी गराउन पनिे आग्रह गरेका छन् ।

 

त्यसैगरी प्रत्येक टोलटोलमा दिनमा २÷३ पटक प्रहरी पुग्ने गरी गस्ती गराइएको, टोलटोलमा निगरानी बढाइएको उनले बताए।

 

त्यसैगरी पहाडी क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ।

 

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार रात्रीको समयमा जंगलमा यात्रुहरु लुटिने सकिने सम्भावनालाई मध्यनजर गरेर जंगलमा संयुक्त गस्ती गर्ने, पहाडी क्षेत्रमा पनि लामो समयको गस्तीमा सशस्त्र प्रहरी सहित संयुक्त गस्ती गर्ने गरी तयारी भएको छ।

 

चोरी डकैती नियन्त्रण, जुवा तास नियन्त्रणका लागि माइकि· गरेर आम जनसमुदायमा सुचना प्रवाह गरिएको छ।



You might also like
Loading...