ad

ग्रामीण साकोसको २८ औँ साधारणसभा

19


पप्पु रेग्मी –
बर्दघाट – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ पश्चिम नवलपरासीको २८ औँ साधारणसभा शनिबार बर्दघाट ७ जिमिरेभारमा रहेको संस्थाको केन्द्रिय कार्यालयको प्राङगणमा भएको छ ।

 

संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राज्यको ३ खम्बे अर्थ नीति अन्तर्गत सहकारीलाई पनि एउटा खम्बाको रुपमा मानेको हुदा सहकारीहरुको नीति, नियममा सञ्चालन हुन सके सहकारीका सदस्यहरुको जिवनस्तर उकासिने बताउदै सहकारीले सदस्यहरुको जिविकोपार्जनकालागी कृषि स्वरोजगार र व्यवसायिक वनाउन लाग्नु पर्ने प्रदेश सरकार पनि यस तर्फ लागेको बताउँनुभयो ।

 



सो अवसरमा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवी पौडेल बिशेष अतिथि बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या, पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी, विभिन्न संघ संस्थाको तर्फ देखी बर्दघाट उघोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, शेयर सदस्य खगेश्वर चापागाई लगाएतले मन्तव्य राख्नु भएको थियो ।

 

नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसले कुल पुजी ७० करोड ९५ लाख १० हजार बराबरको आर्थिक आय ब्यय विवरण अन्र्तगत ४७ करोड ६१ लाख २१ हजार ऋण लगानी गरेको छ भने शेयर पुँजी रु सात करोड १० लाख ३९ हजार र बचत संकलन रु ५५ करोड सात लाख ३७ हजार गरेको र सस्थाले कुल १ करोड८० लाख ४३ लाख शुद्ध नाफा गर्न सफल भएको सहकारीमा हाल आठ हजार ४१९ जना शेयर सदस्य रहेका छन् ।

 

 

संस्थाले चार वर्षे रणनीति बनाई २५ हजार शेयर सदस्य बनाउने रणनीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको छ ।

 

सो अवसरमा सस्थामा उत्कष्ट कारोबार गर्ने र कर्मचारीलाई विभिद्धन्न विधाका १५ जनालाई सम्मान समेत गरिएको थियो । सस्थाका उपाध्यक्ष सुरज के.सी.को स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो ।

 

सभामा अध्यक्षको प्रतिवेदन संस्थाको अध्यक्ष देवी अधिकारीले संस्थाको गत बर्षको आर्थिक प्रगति विवरण तथा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संस्थाकी सचिव राधा ढकाल, कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनाल र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा सम्योजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

 

२०५१ सालमा ३० जना शेयर सदस्य जम्मा भएर मासिक २०।– रुपैया वचत गर्ने गरी शुरु गरेको यस संस्थाले २०५१ साल फागुन १ गते जिल्लामा १८ औं नम्वर सहकारीका रुपमा विधिवत रुपमा दर्ता गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ ।

 

३० जना शेयर सदस्यवाट शुरु भएको यस संस्थाको अहिले १ केन्द्रीय कार्यालय सहित ५ वटा सेवा केन्द्रहरु रहेका छन् ।

 

बर्दघाट–७ जिमिरेभारमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको बर्दघाट–९ भुताहामा स्वर्णिम सेवा केन्द्र, बर्दघाट–४, बर्दघाटमा बर्दघाट सेवा केन्द्र, बर्दघाट–१३ धनेवामा मिरमिरे सेवा केन्द्र, बर्दघाट–१३ मै अर्काे उदय सेवा केन्द्र र बर्दघाट–१६ सूर्य नगरमा दाउन्ने देवी सेवा केन्द्र सञ्चालन गरेर आफ्m्ना सदस्यहरुलाई सेवा प्रदान गरीरहेको संस्थाका व्यवस्थापक अनन्त पौडेलले बताउनुभयो ।



You might also like
Loading...