ad

डा. भट्टराई भन्छन् – एमसीसी पास गर्नै पर्छः ठिक कि वेठिक

59


नवलपुर । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी पास गर्नै पर्ने बताएका छन् ।

 

नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलित कायम राख्नका लागि भए पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन एम्सीसी पास गर्नुको विकल्प नहरेको डा. भट्टराईले जिकिर गरे ।

 



सोमबार नवलपुरको कावासोतीमा जिल्ला पार्टीको आयोजनामा भएको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रममा कार्यकर्तालाई सम्बोद्धन गर्दै यस्तो बताएका हुन् ।

 

उनले भने – ‘अन्तराष्ट्रिय शक्तिसँग सन्तुलित हुदैँ एम्सीसी पास हुनुपर्छ, होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्ने छ । ’

 

उनले नेपालले भारत, चिन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्ता जस्तै बन्ने दावी गरे । उनले भने – ‘यस कारण पनि जनता समाजबादी पार्टी एम्सीसी पास हुनुपर्ने पक्षमा रहेको छ ।’

 

उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने भन्दै नितान्त जनताको पक्षमा रहेर एम्सीसी पास गर्नु पर्ने जोड दिए ।



You might also like
Loading...