ad

देवचुलीका १८ वटा कृषक समूहलाई ६० हजारको विउ वितरण

42


कृशला सापकोटा-

 

नवलपुर (देवचुली) । पूर्वी नवलपरासीको देवचुलीमा ६० वटा कृषक समूहलाई सोमबार ६० हजार बराबरको विउ विजन वितरण गरिएको छ ।

 

 



देवचुली नगरपालिका वडा नं. ११ ले आर्थिक बर्ष ०७८÷७९ को वडा स्तरीय योजना कार्यक्रम अन्तरगत वडा भित्र रहेको १८ वटा सूचिकृत कृषक समूहलाई ६० हजार रुपैयाँ बराबरको उन्नत जानको हिउँदे विउविजन वितरण गरिएको हो ।

 

 

वडा अध्यक्ष रमेश बहादुर ठाडाले सोमबार हिउँदमा लगाइने तरकारी तथा अन्य विउविजन वितरण गरिएको र बर्षामा पनि पुनः विउविजन वितरण गरिने बताए ।

 

 

 

कार्यक्रम देवचुली वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडाको अध्यक्षतामा भएको थियो ।

 

 

कार्यक्रममा बोल्दै वडाध्यक्ष ठाडाले वडाका कृषक समूहलाई आत्मनिर्भर बनाउन विउ विजन वितरण गरिएको बताए ।

 

 

उनले वडा भित्र उत्पादित तरकारी वडा भित्र आत्मनिर्भर गराई बाहिर पनि निर्यात गर्न सक्ने गरी लाग्न कृषकहरुलाई आग्रह गरे ।

 

 

कृषक समूहहरुलाई काउली, टमाटर, साग, मुला, काँक्रो, बन्दा, गिरौला, करेला लगायतको विउ विजन वितरण गरिएको थियो ।

 

 



You might also like
Loading...