ad

कुमारवर्ती स्वास्थ्य चौकी नयाँ भवनमा, १४ कोठे भवन उद्घाटन

148

 


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १७ मा रहेको कुमारवर्ती स्वास्थ्य चौकी सोमबार नयाँ भवनमा सरेको छ ।

 

 

भवनको सोमबार प्रतिनिधी सभा सदस्य तिलक महतले उद्घाटन गरेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सरेको हो ।

 

 



१५ महिनामा निर्माण कार्य सक्ने गरी जे.जे जेभी निर्माण व्यावसायीले निर्माण कार्य जिम्मा लिएको स्वास्थ्य भवनको ७ महिनामा नै निर्माण सम्पन्न गरी गत असोज २२ गते भवन हस्तान्तरण गरेको थियो ।

 

 

१४ कोठे उक्त भवन ३ करोड ६ लाख १ हजार ४ सय ९० रुपैयाको कुल लागतमा निर्माण सम्पन्न भएको कुमारवर्ती स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ड अमिर सुवेदीले जानकारी दिए ।

 

 

स्वास्थ्य कार्यालय भवनको उद्धाटन भए सगै नवनिर्मित भवनबाट सोमबारदेखि नै सेवा प्रारमिभ गरिएको सुवेदीले बताए ।

 

 

भवन उद्धाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछाने, कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रा पुन, उपप्रमुख प्रेम शंकर मर्दनिया, वडा नं. १५ का वडा अध्यक्ष देव नारायण महतो लगायतको सहभागिता रहेको थियो ।

 

 

कार्यक्रम कावासोती नगरपालिकाका वडा नं. १७ का वडा अध्यक्ष छविलाल महतोको अध्यक्षतामा भएको थियो ।

 

 



You might also like
Loading...