ad

देवचुली कलेजमा ४ कोठे भवनको शिलन्यास

53

 


नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको देवचुली कलेजमा ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

 

 

सोमबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।

 

 



विश्व विद्यालय अनुदान आयोगबाट आर्थिक बर्ष २०७७÷०७८ मा भवन निर्माण शीर्षकमा ५० लाख प्राप्त अनुदानबाट निर्माणाधीन ४ कोठे भवनको निर्माण गर्न लागिएको कलेजका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिए ।

 

 

शिलान्यास गर्दै नगरप्रमुख श्रेष्ठले कलेजको भवन उद्धघाटन गर्न नपाए पनि आफ्नो अबधी रहने बेलासम्म कलेजलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

 

कार्यक्रममा कलेज प्रमुख राजन गौतमले सामुदायिक कलेजलाई प्राविधिक शिक्षाको रुपमा रुपान्तरण गर्ने प्रयासमा रहेको बताए ।

 

कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, वडा सदस्य मिनु विक, देवचुली माध्यमिक विद्यालयका अध्यक्ष सुर्य न्यौपाने, सामुदायिक प्राकृतीक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा, चिकित्सालयका सचिव प्रदिपराज घिमिरे, चारकोठे भवन निर्माण समितिका संयोजक ललितबहादुर बोहोरा, कलेजका प्राध्यापक लगायतको सहभागिता रहेको थियो ।

 

मध्यवर्ती क्याम्पसको २ भवनका उद्घाटन

 

 

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसको नवनिर्मीत दुई वटा भवनको सोमबार उद्घाटन गरिएको छ ।

 

 

भवनको नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य तिलक महत र गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले भवनको उद्घाटन गरेका हुन् ।

 

प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का सासद कोषबाट ५१ लाख मध्ये ३० लाखमा निर्मित भवन र क्याम्पसका महतले उद्घाटन गरेका हुन् भने संविधान सभा सदस्य कृष्ण पौडेलद्वारा सासद विकास कोषबाट प्रदान गरिएको ८ लाख, गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामिछानेको सासद विकास कोषबाट प्राप्त ५ लाख, मध्यविन्दु साझेदारी वनबाट प्राप्त १२ लाख र वडा कार्यालयबाट प्राप्त १५ लाख गरी कुल ४० लाखमा निर्माण गरिएको भवनको लामिछानेले उद्घाटन गरेका हुन् ।

 

 

अमलटारी मध्यवर्ती समितिबाट प्राप्त १५ लाखबाट क्याम्पसमा कम्पाउण्ड वाल समेत निर्माण गरेको कलेजका अध्यक्ष डाँसीराम वस्यालले जानकारी दिए ।

 

आर्थिक विवरण समेत सार्वजनिक

 

क्याम्पसले सोमबारनै २०७६ माघ ११ गते देखी संचालीत श्रीमद् भागवत धनध्यान्याञ्चल ज्ञान महायज्ञबाट संकलीत आर्थिक विवरण समेत सार्वजनिक गरेको छ ।

 

विवरण अनुसार ज्ञान महायज्ञबाट नगद ६६ लाख ३५ हजार २ सय त्रियानब्बे सहित १ करोड ७५ लाख ५७ हजार १ सय अठ्सठ्ठी रुपैया संकलन भएको जनाएको छ ।

 

त्यस्तै धान बिक्रीबाट नगद ८ लाख ५० हजार सहित ८ लाख ९९ हजार १ सय, त्यस्तै चामल बिक्रिबाट नगद ४१ लख ८ सय २० सहित ७९ लाख १ सय पैसठ्ठि , जग्गा दानबाट १ करोड ७१ लख ११ हजार ६ सय ६६ रुपैया, अक्षयकोष स्थापनार्थ २३ लाख २ हजार ३ सय ३३ रुपैया, विभिन्न संध संस्थाबाट सहयोग १ करोड ७० लाख ७५ हजार ४ सय ७९ रुपैया, सामान बिक्रिबाट २० हजार १ सय असी, सिरक डसना बिक्रीबाट १० हजार ८ सय, दान पेटिकाबाट ५४ हजार १ सय ५५ सहित कुल ५ करोड ५५ लाख ५० हजार ९९ रुपैया आम्दानी र २९ लाख १ हजार ९ सय ९४ रुपैया २५ पैसा खर्च भएको आथर््िक उप समिति संयोजक आर्थिक संयोजक रामकृष्ण ढुङ्गानाले जानकारी दिए ।



You might also like
Loading...