ad

माओवादी केन्द्रको पश्चिम नवलपरासीमा आज वाड अधिवेशन चल्दै

5

 


 

परासी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले पश्चिम नवलपरासी का ७४ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।

 

 




अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका काम सकिएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक भविश्वर तिवारीले जानकारी दिए ।

 

 

अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ’, उनले भने, ‘सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।’

 

सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने संयोजक तीवारीले बताए । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।

 

संयोजक तीवारीेका अनुसार जिल्लामा पार्टीका सङ्गठित सदस्यको सङ्ख्या छ हजार पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ ।

 

वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ ।

 

 

स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।



You might also like
Loading...