ad

उद्योगपति चौधरी मधेसी कोटाबाट महाधिबेशन प्रतिनिधि

20

 


उद्योगपति एवं सांसद विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

 




नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

 

चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत छन् ।

नवलपुरमा आज मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।

 

५० जना महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा १०० जनाको उम्मेदवारी परेको छ ।

 

 



You might also like
Loading...