ad

माओवादी नेता टंकमणिको दुर्घटनामा परी मृत्यु

61

 


 

बुटवल- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

 




दाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६नम्बरको बसले बन्जाडे सवार लु२६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो।

 

 

घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे उनको मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए।

 

 

दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीतगढीमा दुर्घटना भएको थियो।

 

 

माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडेको निधनले पार्टीले एक असल र इमानदार कार्यकर्ता गुमाएको माओवादी नेता विनोद पहाडीले बताए। ‘सामान्य जीवनशैली तर संगठनका लागि जीवन दिने एक अभिभावकीय नेता गुमाउनुपर्‍यो,’ पहाडीले भने।

 

 

सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन्। ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए।

 

 

अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

 

 

 

 

सवारी दुर्घटनामा माओवादी केन्द्र गोरखाका नेता सुवर्ण देवकोटाको मृत्यु

 

 

 

तनहुँ । सवारी दुर्घटनामा परी माओवादी केन्द्र गोरखाका युवा नेता सुवर्ण देवकोटाको ज्यान गएको छ ।

 

 

मंगलबार तनहुँको भन्सारमा उनी सवार बा४५प २३८ नम्बरको स्कूटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।

 

 

उनको डुम्रेस्थित मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 

ईलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीका अनुसार ठक्कर दिने बस र  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

पालुङटार नगरपालिका ४ घर भएका देवकोटा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक पनि हुन् ।

 

 

 

 



You might also like
Loading...