ad

एमाले महाधिवेशन केन्द्रिय युवा संघको मोटरसाइकल र्याली

48

 


कावासोती । चितवनमा हुने नेकपा एमालेको महाधिवेशन केन्द्रित नवलपुरमा प्रचारप्रसार तिव्र पारिएको छ ।

 

 

घर घरमा गएर एमाले कार्यकर्ताहरुलाई निम्तो बाँड्ने देखि लिएर मोटरसाइकल र्याली गर्ने कोणसभा गर्ने सम्मका कार्यक्रमहरु गरिएको छ ।

 

 




यसैबीच युवा संघ कावासोती नगरकमिटिले कावासोतीमा मोटरसाइकल र्याली र कोण सभा पनि गरेको छ ।

 

 

कार्यक्रममा नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहा, रामकृष्ण ढुंगाना, बाबुराम विश्वकर्मा, मदन गिरी लगायतले बोलेका थिए ।

 

फोटो फिचर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मध्यविन्दु नगरपालिकामा एमालेको १० औं महाधिवेशन लक्षित प्रचारप्रसार तिब्र

चोरमारा । मंसिर १० देखि १२ गते सम्म चितवनको नारायणी नदी किनारमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन केन्द्रीत गरेर नेकपा एमाले मध्यविन्दु नगरकमिटीले प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

 

एमालेको राष्ट्रिय महाधिवेशनमा मध्यविन्दु नगरपालिकाबाट अत्याधिक जनसहभागीता गराउन प्रचारप्रसारलाई तिब्रता दिएको नगरकमिटी अध्यक्ष मधुबिलास अधिकारीले बताए।

 

महाधिवेशनमा सहभागी हुन आउनेहरुलाई स्वागत गर्न मध्यविन्दु नगरपालिकाको चोरमारामा स्वागत गेट निर्माणको कार्य सम्पन्न भएको उनले बताए ।

स्वागत गेट निर्माण संगै घरदैलो कार्यक्रमलाई अगाडी बढाएको अधिकारीले बताए ।

 

एमालेको राष्ट्रिय महाधिवेशन नवलपुर जिल्लाको आगनीमा नै हुने भएको कारण पनि यसमा आम सर्वसाधरणको ध्यानकेन्द्रीत बनाउन र पार्टीको गतिविधि जनता सम्म पु¥याउन योजना सहित अगाडी बढेको एमाले जिल्ला कमिटि सदस्य अमृत प्रसाद ज्ञवालीले बताए ।

 

यस्तै मध्यविन्दु–७ वडा कमिटीले वडा भित्रको तिन वटा टोलमा तिन वटा कमिटी निर्माण गरेर परिचालन गरेको वडा कमिटी अध्यक्ष भिम गैह्रेले बताए ।

 

अब बजार क्षेत्रमा पार्टीको झण्डा सहित प्रचारप्रसार र निमन्त्रणा कार्ड वितरणको कार्य बुधबार बिहानबाट शुरु गर्ने उनले बताए । ्

 

 



You might also like
Loading...