ad

क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववीयु नबजागरण बहुमुखी क्याम्पस कमिटीको तालाबन्दी

55

 


चोरमारा । राजनितिक दलको चुनाव प्रयोजनको लागि क्याम्पस बिदा गरेको बिरोधमा अनेरास्ववीयु नबजागरण बहुमुखी क्याम्पसले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।




मंगलबार नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति चयनको लागि नबजागरण बहुमुखी क्याम्पसलाई मतदान स्थल तोकिएको थियो ।

 

जसको कारण क्याम्पस प्रशासनले जाडो बिदामा मिलान गर्नेगरी क्याम्पस मंगलबारको लागि बिदा दिइएको थियो ।

कोभिड–१९ को कारण लामो समय प्रभावित बनेको शैक्षिक क्षेत्रमा राजनितिक कार्यक्रमको लागि बन्द गरिनु खेद जनक भएको भन्दै अनेरास्वीयु मध्यविन्दु नगरकमिटीले मंगलबार नै बिज्ञप्ती मार्फत बिरोध जनाएको थियो ।

 

आज क्याम्पसको नियमित अध्यापन कार्य शुरु भएपछि अनेरास्ववीयु क्याम्पस कमिटीका अध्यक्ष आदेश ज्ञवाली नेतृत्वमा गएको विद्यार्थीहरुको क्याम्पस प्रमुख देवीप्रसाद सुवेदीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

क्युएए मान्यता प्राप्तको लागि प्रक्रियामा रहेको क्याम्पसमा हुने यस्ता गतिविधिले अन्र्तराष्ट्रिय स्तरमा सेमत गलत सन्देश प्रवाह भएको भन्दै अनेरास्ववीयुले क्याम्पस प्रमुख सुवेदी र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षको राजिनामा समेत मागेको छ ।



You might also like
Loading...