ad

नवलपुर १ को क्षेत्रीय सभापतिमा रामचन्द्र प्यालनका भट्टचन सभापति, सबै पदमा मिश्रित परिणाम

181

 


 

नवलपुर । नवलपुर क्षेत्र नं. १ को काँग्रेस सभापतिमा अमृत भट्टचन फराकिलो मत अन्तर सहित निर्वाचित भएका छन् ।

 

 




नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं १ को सभापतिमा गैंडाकोटका अमृत भट्टचन निर्वाचित भएका हुन् ।

 

 

भट्टचनले आफ्ना प्रत्यासी गैंडाकोटकै कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

 

 

 

भट्टचनले ६ सय ७० मत ल्याउँदा पराजुलीको पक्षमा ४ सय ४७ मत परेको हो । भट्टचन रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी प्यानलबाट र पराजुली डा। शशांक कोइरालाको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

 

 

यस्तै, २–२ पद रहेको सचिव सह–सचिवमा भने मिश्रित परिणाम आएको छ । सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् । श्रेष्ठ कोईराला र सापकोटा जिसी प्यानलबाट सचिवमा निर्वाचित भएका छन् ।

सापकोटाले ५ सय ६४ र श्रेष्ठले ५ सय ८७ मत प्राप्त गरे ।

 

यसैगरी सह–सचिवमा टिकाराम सापकोटा र तेजप्रसाद घिमिरेले बाजी मारे। सापकोटाले ५ सय ८३ र घिमिरेले ५ सय ८० मत ल्याएर जीत सुनिश्चित गरे । सापकोटा जिसी अर्थात रामचन्द्र पौडेल प्यानलका हुन भने तेजप्रसाद घिमिरे डा. शशांक प्यानलका हुन् ।

 

 

 

२२ सदस्यीय कार्य समितिको सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

 

त्यसैगरी प्रदेश सभा क्षेत्र १ (क) खुलाबाट क्षेत्रीय सदस्यमा बासुदेव अर्याल, गुरुदत्त सुवेदी निर्वाचित भएका छन् । यहाँ २ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।

गुरुदत्त सुवेदीले ५ सय २, वासुदेव अर्याल ६ सय र हिमलाल सापकोटाले ५ सय मत प्राप्त गरेका थिए ।

त्यसैगरी प्रदेश सभा क्षेत्र १ (ख) महिलाबाट क्षेत्रीय सदस्यमा हिमकला न्यौपाने कोइराला ५ सय ४२ (डा. कोइराला प्यानल) मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी हिममाया तिमिल्सिना सिग्देलले ५ सय ३९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ मा महिलातर्फबाट क्षेत्रीय सदस्यमा लक्ष्मी अधिकारी (डा. शशांक) ५ सय ६६ मतका साथ विजयी भएका छन् उनका प्रतिद्वन्दी रामकली सापकोटाले ५ सय १७ मत ल्याएका थिए ।

प्रतिनिधि सभा क्षेत्र १ खुल्लाबाट क्षेत्रीय सदस्यहरुमा मणिप्रसाद भुसाल, रेप्तीकुमार घर्ती मगर र हरिकृष्ण रिमाल विजयी भएका छन् । भुसाल र मगर डा. शशांक प्यानलका हुन् भने रिमाल पौडेल प्यानलका हुन् ।

 

 

अलंकारप्रसाद उपाध्यायले ४३५, डिल्लीप्रसाद सापकोटाले १९७, भैरबबहादुर ढुंगानाले ३८५, मणिप्रसाद भुसालले ४४५, रामप्रसाद रिजालले ३८५, रेप्तीकुमार घर्ती मगरले ४७४, शालिकराम सापकोटाले २४५ र हरिकृष्ण रिमालले ४६१ मत प्राप्त गरेका थिए ।

 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ खस आर्य महिलाबाट पौडेल प्यानलका कल्पना कुँवर विजयी भएका छन् । उनले ५ सय ४३ मत प्राप्त गरे भने उमादेवी कुँवरले ४ सय ९८ मत प्राप्त गरे ।

 

 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ खस आर्य खुल्लाबाट पौडेल प्यानलका देविप्रसाद काफ्ले ४ सय ४० का साथ क्षेत्रीय सदस्यमा विजयी भएका छन् । यहाँ १ पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । प्रतिनिधि सभा क्षेत्र १ खस आर्य खुल्लामा मिनबहादुर अधिकारीले ६०, यदुनाथ सापकोटाले ८७ र होमनाथ सापकोटाले ४ सय १२ मत प्राप्त गरेका थिए ।

 

 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ आदिवासी जनजाती महिलाबाट पौडेल प्यानलकै नन्दकुमारी गुरौ ५ सय ६१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी शान्ता घर्तीले ५ सय ६ मत प्राप्त गरेका थिए ।

 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ दलित खुल्लाबाट क्षेत्रीय सदस्यमा डा. शशांक प्यालनका सुमित्र वि.क ५ सय ८२ मतका साथ विजयी भएका छन् । भने देवबहादुर विश्वकर्माले ४ सय ८५ मत प्राप्त गरेका थिए ।

 

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र १ मधेसी÷महिला÷अल्पसंख्यक÷अपांग समावेसीबाट पौडेल प्यानलका रितु कुमाल ५ सय ९९ मतका साथ विजयी भएका छन् भने शिवलाल कुमालले ४ सय ८७ मत मात्र प्राप्त गरेका छन् ।

 

 

 

नेपाली काँग्रेस नवलपुरको निर्वाचनमा जे देखियो फोटो फिचर



You might also like
Loading...