ad

नवलपुर १ महाविधेशन प्रतिनिधिमा पौडेल र शशांकको कडा प्रतिप्रर्धा

152

 


 

नवलपुर । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ को निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा डा. शशांक कोइराला र रामचन्द्र पौडेल प्यानलका बराबरी प्रतिनिधिले जित हात पारेका छन् ।

 

 




यहाँ महेन्द्रध्वज जिसी अर्थात रामचन्द्र पौडेल प्यानल एक्लै र काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

 

जसमा देउवाका १ जना, पौडेलका १२ जना र डा. कोइरालाका १२ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

 

 

खुल्ला महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रदेश सांसद ओमकला गौतम देउवा निकट हुन् । उनले ६ सय ९१ मत प्राप्त गरि जित हात पारेका हुन् ।

 

 

त्यसैगरी खुल्ला महिलाबाट पौडेल प्यानलका विष्णुकुमारी कंडेल ५ सय ९२ मतका साथ विजयी भएका छन् । त्यसैगरी डा. शशांक प्यानलका संगीता काफ्ले घिमिरे ५ सय ६४ मतका साथ र विष्णुदेवी पाण्डे ५ सय १३ मतका साथ विजयी भएका छन् ।

 

 

त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषबाट अशोक बस्ताकोटी ५८६ मत (पौडेल), ओमप्रसाद सापकोटा ५०२ मत (पौडेल), गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ६७२ मत (डा. शशांक), गणेश सापकोटा ६३९ मत (पौडेल), गजेन्द्रबहादुर आल ६८२ मत (डा. शशांक), गोकुल सापकोटा ५४७ (डा. शशांक), बालकृष्ण घिमिरे ५७३ (डा. शशांक), भरतराज तिवारी ५४१ (डा. शशांक), मदनभक्त अधिकारी ५९४ (डा. शशांक) र महेन्द्रध्वज जि.सी. ६१२ (पौडेल) विजयी भएका छन् ।

 

 

त्यसैगरी खस आर्य महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शान्ती कोइराला ५४९ र सरस्वती तिमिल्सिना ५५४ विजयी भएका छन् । कोइराला डा. शशांक प्यानलका हुन् भने तिमिल्सिना पौडेल प्यानलका हुन् ।

 

त्यसैगरी खस आर्य खुल्ला पुरुषबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा डा. शशांक प्यानलका झपेन्द्रश्वर भुसाल ५ सय ४० मतका साथ र पौडेल प्यानलका भविलाल भट्टराई ५ सय ५ मतका साथ विजयी भएका छन् ।

 

 

त्यसैगरी आदिवासी जनजाती महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खगिसरा गुरुङ्ग (प्राप्त मत ५५०) र हुमिसरा आले (प्राप्त मत ५४१) विजयी भएका छन् । दुवै पौडेल प्यानलका हुन् ।

 

 

त्यसैगरी आदिवासी जनजाती खुलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल प्यानलका जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आले मगर (प्राप्त मत ६४३) र कर्णेल धनबहादुर राना (प्राप्त मत ५५०) विजयी भएका छन् ।

 

 

दलितबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा डा. शशांक कोइराला प्यानलका सन्तोष कोइराला नेपाली (४७१), थारुबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल प्यानलका टेकनारायण महतो (५६२) विजयी भएका छन् ।

 

यहाँ १ हजार १ सय ६६ जना मतदाता रहेकोमा १ हजार १ सय ५१ मत मात्र खसेको थियो ।

 

 

नवलपुर १ को क्षेत्रीय सभापतिमा रामचन्द्र प्यालनका भट्टचन सभापति, सबै पदमा मिश्रित परिणाम

 

 

महाधिवेशन प्रतिनिधिमा कसले कति मत प्राप्त गरे ?

 

खुल्ला महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि

ओमकला गौतम ६९१
कमलादेवी पौडेल तिवारी ४६३
विष्णुकुमारी कंडेल ५९२
विष्णु देवि पाण्डे ५१३
लक्ष्मी वस्ताकोटी ५०२
शान्ती महतो ३९९
शारदा विश्वकर्मा ४७४
संगिता काफ्ले घिमिरे ५६४

 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुष

एकनारायण अधिकारी ४४७
ओमप्रसाद सापकोटा ५०२
कपिलदेव भुसाल ४२१
कृष्ण चन्द्र नेपाली पोखरेल ६७२
केशव प्रसाद सापकोटा ४०२
क्यु प्रसाद बसेल ३०१
गणेश सापकोटा ६३९
गजेन्द्र बहादुर आले ६८२
गोकुल सापकोटा ५४७
बालकृष्ण घिमिरे ५७३
भरतराज तिवारी ५४१
भानुभक्त सिग्देल ३७४
मदनभक्त अधिकारी ५९४
मनोहर पराजुली ३३९
महेन्द्रध्वज जि.सी. ६१२
राजेन्द्र पराजुली २९२
रामचन्द्र भट्टराई ३५८
रामबहादुर खड्का १२१
ललितबहादुर श्रेष्ठ ३९९
सत्यनारायण शर्मा खनाल ४५४
हरिराज गौतम ३६८

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य महिला)

शान्ती कोइराला ५४९
शान्ती तिवारी ४६४
शान्ती न्यौपाने ५०४
सरस्वती तिमिल्सिना ५५४

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य खुला)

केशव प्रसाद सापकोटा २७०
झपेन्द्रश्वर भुसाल ५४०
टोलनाथ घिमिरे ४९७
भविलाल भट्टराई ५०५
शिवराज काफ्ले ३७१

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती महिला)

खगिसरा गुरुङ्ग ५५०
टिकामाया सिंजाली ४८४
विनाकुमारी थनेत ५०५
हुमिसरा आले ५४१

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुला)

चेसराम आले मगर ६४३
कर्णेल धनबहादुर राना ५५०
बालकृष्ण बकावल मगर ४८४
श्यामकृष्ण श्रेष्ठ ४४२

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (दलित)

डोलबहादुर परियार १३५
प्रेमबहादुर विश्वकर्मा ४६२
सन्तोष कोइराला नेपाली ४७१

 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (थारु)

टेकनारायण महतो ५६२
विरेन्द्र चौधरी ५१६

 



You might also like
Loading...