काँग्रस महाधिवेशन प्रतिनिधिमा नवलपरासीका हस्तीहरु पराजित


 

 




 

कांग्रेस महामन्त्री डा शशांकको गृह जिल्ला पूर्वी नवलपरासीमा संघिय सांसद सत्य नारायण खनाल महाधिबेशन प्रतिनिधिमा पराजित भएका छन ।

 




उनि यहा कांग्रेस सभापति देउवा र महामन्त्री शशांक को संयुक्त खेमावाट महाधिबेशन प्रतिनिधिमा उम्मेदवार थिए । उनि समानुपातिवाट संघिय सांसद हुन ।

 

 

खुल्ला तर्फवाट १० जना भित्र उम्मेदवार रहेका खनालले ११ औ स्थानमा चित्त बुझाउन परेको छ । उनले क्षेत्र नम्बर १ मा खसेको ११ सय ५१ मतमा ४ सय ५४ मत प्राप्त गरेका थिए ।

 

गण्डकी प्रदेशका ११ जिल्लामा कांग्रेस महामन्त्री डा शशांक कोइराला नेपाली कांग्रेसवाट एक्ला प्रत्यक्ष निर्वाचित सांसद हुन ।

 

 

आफुले निर्वाचन जितेकै स्थानवाट कोइरालाले बिनोद चौधरी र खनाललाई समानुपातीक तर्फवाट संघिय सांसद बनाएका थिए ।

 

 

त्यसैगरी नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छ्न ।

 

 

मंगलबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवि पाण्डे , बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसि महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।

 

 

पाण्डेले खुल्ला  महिला कोटा, रानाले आदिवासी जनजाति कोटा र जिसिले खुल्ला कोटामा प्रतिस्पर्धा गरेका थिए ।

 

त्यसैगरी पौडेल प्यानलबाट महाधिवेशन प्रतिनिधि लडेका शारदा विश्वकर्मा पनि पराजित भएका छन् ।

 

 

उनी जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख हुन्।  उनले खुल्ला महिला कोटाबाट उम्मेदवारी दिएका थिए।

 




सम्बन्धित
Loading...