जनमुक्ति सेना दिवशकाे अवसरमा पूर्व जनमुक्ति सेनाकाे भेला


 

 




२० औं जनमुक्ति सेना दिवशकाे अवसरमा नवलपुरमा रहेका पूर्व जनमुक्ति सेनाकाे भेलाले एक समिति चयन गरेकाे छ ।

 

 

पूर्व जनमुक्ति सेनाहरू विभिन्न विचारमा लागेर दलगत रूपमा विभाजित भए पनि सबै पूर्व पि एल ए एकै ठाउँमा रही एउटा समिति निर्माण गरिएकाे हाे ।

 

 




जसकाे अध्यक्षमा पूर्व जनमुक्ति सेनाकाे बिग्रेड भि सि मा रहेका कुशल रक्षा, उपाध्यक्षमा सागर गुरूङ्ग, सचिवमा चट्याङ, सहसचिवमा दिपक घर्ती, काेषाध्यक्षमा राजेश सहित १३ सदस्सीय पूर्व जनमुक्ति सेना, नवलपुर गठन गरेकाे छ । पाँच सदस्सीय सल्लाहकार समिति पनि बनाएकाे छ ।

 

 

पूर्व जनमुक्ति सेनाका बिग्रेड कमाण्डर रहेका अर्जुन, अन्य विभिन्न पदमा रहेका कमाण्डरहरू सागर, महान्, टुहुरा र उदयलाई सल्लाहाकार बनाईएकाे छ ।

 

पूर्व जनमुक्ति सेनामा आबद्ध रहेका सागर गुरूङ्गकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनमुक्ति सेनाका बिग्रेड कमाण्डर अर्जुन थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

 

कार्यक्रममा प्रमुख अतिथिले पूर्व पि एल ए विभिन्न पेशा, व्यवसाय र आआफ्नाे काममा लाग्दा एकजुट हुन नसकेकाे, घाईते, अपाङ्ग, सहिद परिवार विभिन्न पिडामा रहेकाे कारण याे पूर्व जनमुक्ति सेनाकाे समूहले केही न केही सहयाेग र उद्दार गर्नेछ, पीडामा केही मलम लगाउनेछ भन्ने कुरा राखेका थिए ।

 

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य किशन शर्मा, क्रान्तिकारी माओवादीका प्रदेश सहईन्चार्ज तथा पाेलिटब्यूराे सदस्य अशाेक लम्साल अनुकुल, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष माेती रिजाल, नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सेक्रेटेरी शित्तल, देजमाेका जिल्ला अध्यक्ष पिताम्बर तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 




सम्बन्धित
Loading...