ad

महिला हिंसा विरुद्धको १६ दिने अभियान पाल्हीनन्दनमा विभिन्न कार्यक्रम गर्दै मनाइने

33

महिला हिंसा विरुद्धको १६ दिने अभियान पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मंसिर ९ अर्थात २५ नोभेम्वरबाट गरिने भएको छ । प्रत्येक बर्ष जस्तै यस बर्ष पनि हिंसा विरुद्धको अभियान गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष पावित्री कहारले जानकारी दिनुभयो । १६ दिने हिंसा विरुद्धको अभियान आउँदो डिसेम्बर १० सम्म संचालन गरिने छ । महिलामाथि हुने हिंसा विरुद्धको अभियानलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको उपाध्यक्ष कोहारले वताउनु भयो ।


गाउँपालिकामा आज आयोजित विभिन्न सरोकारवाला संघसंस्थाको बैठकले विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालले संयोजन गरेको बैठकमा आफन्त नेपाल, एविसी नेपाल, आशिष सामाजिक सेवा नेपाल, असल छिमेकी नेपाल, ग्रीनतारा नेपाल, मैत्री समाज नेपाल, इन्द्रेणी सामाजिक विकास मंच र माइति नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्पन्न बैठकले सडक नाटक, पालिकाका ६ वटै वडामा जनप्रतिनिधिहरु र सरोकारवालासंग अन्तक्रिया, हिंसा विरुद्धको पालिका स्तरीय हस्ताक्षर अभियान, रेडियोबाट सामाजिक सन्देश प्रसारण, विद्यार्थीसँग हिंसा विरुद्ध १६ दिने अभियान जस्ता कार्यक्रम संचालन गरिने सुनवल सामुदायिक विकास केन्द्रका कार्यक्रम प्रमुख राधा सापकोटाले जानकारी दिनु भयो ।




१६ दिने महिला हिंसा विरुद्धको अभियानको संयोजकको रुपमा संस्थागत हिसावले सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक अशोक गुप्तालाई बैठकले जिम्मेवारी तोकेको छ । कार्यक्रमको आयोजना पनि संयुक्तरुपमा गर्ने र खर्चको व्यवस्थापन पनि संयुक्त रुपमै गर्न लागिएको एविसि नेपालका राजेश अधिले जानकारी दिनु भयो ।



You might also like
Loading...