कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित


परासी –




कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोख्रेल निर्वाचित भएका छन् ।

 

शनिबार सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन् ।

 


पोख्रेलले ७ सय ५६ र निकटतम प्रतिद्वन्दी शर्माले ५ सय ६१ मत प्राप्त गरेको मतदान अधिकृत दिपक भट्टराईले बताए ।

 

जिल्लाको अन्य पदाधिकारी र सदस्यमा पनि पोख्रेल प्यानलकै विजयी भएका छन् ।

 

उपसभापतीमा विक्रमप्रसाद यादव र अनिल कुमार गौड, सचिवमा कुलदिप आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् ।

 

जिल्लामा पूर्वगृह राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कडेंल र संविधानसभा सदस्य विक्रम खनालको दुई गुटका उम्मेदवार प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

निर्वाचित सबै विक्रम खनाल गुटका हुन् । कडेंल शेरबहादुर देउवा र खनाल शशांक कोइराला निकटमा मानिन्छन् ।

 

जिल्लामा १ हजार ३ सय ३९ जनाले मतदान गरेका थिए ।

 

जसमध्ये १७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

 




सम्बन्धित
Loading...