कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर


नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापति पदमा पुन मत बराबर भएकाे छ ।




दुवै प्रतिस्पर्धीको मत बराबर आएपछि पुनः भएको मतगणनामा पनि दुवै प्रतिस्पर्धीको मत बराबर आएको हाे ।

 




गत मंगलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए ।

 

गोलाप्रथाबाट छिनोफानो गर्नुपर्ने विधान रहेपनि विरोध र असन्तुष्टीपछि उम्मेदवारको आग्रहमा आज पुनः मतगणना भएको थियो ।

 

पुनः भएको मतगणनामा पनि दुवै प्रतिस्पर्धीको मत बराबर आएको सहायक निर्वाचन अधिकृत एवं प्रवक्ता चुडामणी शर्माले जानकारी दिए ।

 

अब गोलाप्रथाबाट सभापति चयन गरिने प्रक्रिया अघि बढाईने उहाँले जानकारी दिए।

 

तथापि आज भने गाेला प्रथा नहुने भएकाे छ । काँग्रेस स्राेतका अनुसार गाेलाप्रथाका लागि दुवै पक्ष राजी देखिएका छैन जसले गर्दा थप अन्याैलता बढेकाे छ ।




सम्बन्धित
Loading...