ad

भीम रावललाई सुरक्षा खतरा ! थपियाे सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य

101

 


चितवनः एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ।

 

महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।

 

 




इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे। तर, थपिएको संख्या भने यकिन गरेनन्।

 

रानाले भने, ‘नेताहरुको सुरक्षा खतरा बढेपछि बढाएका हौं। सुरक्षा खतरा हुने भएकाले भीम रावलको पनि बढाएका छौँ। सबै खालको सुरक्षा रणनीति अपनाइएको छ।’

 

 

महाधिवेशनका क्रममा चितवन आएका रावल बिहीबार होटेल होली लजमा बसेका थिए। त्यसपछि उनी होटेल मोनालिसा सरेका थिए। तर, शनिबारको होटेल भने गोप्य राखिएको छ।

 

भीम रावलले भने- मलाई हुटिङ गरेर हलमा झन्डै बोल्नै दिएनन्

नेकपा एमाले दसौं महाधिवेशनको जारी बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई एउटा व्यक्तिका हातमा सुम्पन खोजेको भन्दै उपाध्यक्ष भीम रावलले विरोध गरेका छन्।

 

बन्दसत्र बैठकमै आपत्ति जनाएर आएका रावलले सौराहाको मोनालिसा होटलमा केही पत्रकारहरूसँग कुरा गर्दै भने, ‘कुनै एक व्यक्तिलाई सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकर सुम्पनु भनेको पार्टीको विधानविपरीत हो। एमालेले जुन खालको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै आएको थियो, त्यसलाई यसले खिल्ली उडाएको छ।’

आजको निर्णयले आफ्नो उम्मेदवारीलाई थप पुष्टि गरेको पनि उनले बताए।

निर्वाचनबाट हुनुपर्ने नेतृत्व चयनलाई सर्वसम्मतिका नाममा एउटा व्यक्तिको स्वविवेकीय अधिकार बनाउने हो भने यसले वर्षौं लगाएर निर्माण गरेको पार्टीको प्रणालीलाई नै ध्वस्त पार्ने उनले टिप्पणी गरे।



You might also like
Loading...