ad

नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी

137

 


हरि शर्मा –
परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ ।

 




शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेदवार मोहनप्रसाद शर्मालाई इतरगुटका उमेदवार अर्जुनकुमार पोखरेलले १ सय ९५ मतअन्तरले पराजितगर्दै विजयी भएका हुन् ।

 

विजयी पोखरेलले ७५६ मत ल्याए भने प्रतिस्पर्धी शर्माले ५६१ मत ल्याए । निर्वाचित पोखरेल यसअघिका जिल्ला उपसभापति हुन् ।

 

 

कांग्रेसको पदाधिकारीमा २/२ जना उपसभापति, सचिव र सहसचिव रहने प्रावधान छ । जसअनुसार उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भएका छन् ।

 

सचिवमा कुलदिप प्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् । ३६ सदस्यीय जिल्ला कार्यसमितिको निर्वाचनमा कुल १३ सय २९ मत खसेको मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

 

जिल्लाका नेताहरुबीचको आन्तरिक राजनीतिक झगडाका कारण सहमति नभएपछि वडा अधिवेशनबाटै निर्वाचन हुँदै आएको हो ।

 

जिल्लामा देउवा गुटमा रहेका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ ।

 

 

केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् ।

 

दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ । एक अर्काको राजनीतिक अस्तित्व स्विकार गर्न नसक्ने जिल्लाका नेताहरुको अडानका कारण तल्लो तहबाटै निर्वाचन भएको कार्यकर्ताहरुले बताएका छन् ।

 

महाधिवेशन प्रतिनिधिमा समेत देउवाइतर गुटले बहुमत प्रतिनिधि जितेको छ । कुल ५३ जना प्रतिनिधिमा २९ जना इतर गुट र २४ जना देउवा गुटका छन् ।

 

 

कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित



You might also like
Loading...